यी निर्माताले ३० वर्ष कान्छी नायिका शिल्पासँग गरे गुपचुप बिहे ! ८ महिनापछि खुलासा !!

1234
  •  
  •  
  •  

४ असार : निर्माता छवि ओझाले अन्ततः नायिका शिल्पा पोखरेलसँग विवाह गरेका छन्। झण्डै पाँच बर्षदेखि गहिरो प्रेममा रहेका उनीहरुले गएकाे दशैँमा प्रेमलाई विवाहमा परिणत गरेका थिए तर कुरा बाहिर अाएकाे थिएन्।

लामो समयदेखि शिल्पा पोखरेलसँग गहिरो प्रेम सम्बन्धलार्इ विवाहमा परिणत गरेपछि ओझा फेरि एकपटक चर्चामा आएका छन् ।पछिल्लो समय फैलिएको हल्लाअनुसार यो जोडीले गुपचुप बिहे गरिसकेका छन् ।

बाहिर कुरा चलेकाे अनुसार यी दुईबीच गएको दशैँमा बिहेको भएको हो र अहिले विस्तारै खुल्दै गएको छ उनीहरूको सम्बन्धको रहस्य नै रहेकाे छ।

केही दिनअघि आफ्नै लगानीमा खुलेको इटहरीको इलाइट सिनेमामा विशेष शोका अवसरमा छविराज ओझाले बिहेबारे थप संकेत गरेपछि यो हल्ला साँचो हो भन्न डराउनु पर्दैन ।

उक्त हलमा छवि धरानमा रहेकी आमा, छोरा साकार र शिल्पा पोखरेल लगायतलाई लिएर पुगेका थिए ।

ओझाले पत्रकारसँग छोटो भेटमा भने-‘हामी सम्पूर्ण ओझा परिवारले मंगलम हेरेका छौं ।’ सम्पूर्ण ओझा परिवार भनेर तस्वीर खिचाउँदै गर्दा छवि, शिल्पा, उनकी आमा र उनका छोरा साकार ओझा सँगै थिए ।

पहिलोपटक १९ वर्षको उमेरमा विवाह गरेका निर्माता छविले १० वर्षमा सम्बन्ध विच्छेद गरे । त्यसपछि नायिका गीतान्जलीसँग विवाह गरेका थिए । गीतान्जलीको आत्महत्यासँगै त्यो सम्बन्ध पनि अन्त्य भयो ।

तेस्रो बिहे उनले नायिका रेखा थापासँग गरे । रेखालाई फिल्ममा ब्रेक दिने र स्थापित गर्ने काममा छविको मुख्य भूमिका थियो । तर, रेखासँगको सम्बन्ध पनि विच्छेद भयो ।

पाँच वर्षयता उनी नायिका शिल्पासँगको प्रेम सम्बन्धलार्इ विवाहमा परिणत गरेका छन् ।


  •  
  •  
  •