राजधानीमा सलबलाउँदै याैनधन्दा, एकै दिन ६ युवती पक्राउ

12
  •  
  •  
  •  

काठमाडौँ, २२ असार (ओएनएस) : राजधानीमा फेरि याैनधन्दा सलबलाउँन थालेकाे छ। याैन व्यवसाय हुने गरेको विशेष सूचनाकाे अाधारमा प्रहरीले एकै दिन विभिन्न हाेटल तथा रेष्टुरेन्टबाट ६ युवतीलार्इ पक्राउ गरेकाे छ।

प्रहरीले गौशाला, मित्रपार्क, चाबहिल क्षेत्रमा रहेका विभिन्न होटल तथा रेस्टुरेन्टहरुमा छापा मारी वेश्यावृत्तिमा संलग्न रहेकाे ती युवतीहरुलार्इ पक्राउ गरेकाे हाे।

अनैतिक क्रियाकलापमा संलग्न आरोपमा ३ वटा होटलबाट प्रहरीले ती युवतीहरुलाई पक्राउ गरेको छ। बत्तिसपुतलीस्थित न्यू जनकपुर रेस्टुरेन्टबाट धनुषाकी रञ्जु कुमारी साहलाई पक्राउ गरेको छ भने मित्रपार्कस्थित विजय खाजाघरबा दोलखाकी सुनिता भुजेल र ऋतु तामाङलार्इ पक्राउ गरेकाे छ। सद्भावना रेस्टुरेन्ट तथा खाजा घरबाट सुनसरीका संजु राई, सर्लाहीकी बबिता राम र झापाकी ममता गुप्तालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here