गोंगबुमा ग्यास विष्फोट हुँदा एक जनाको मत्यु, चार घाइते

19
  •  
  •  
  •  

काठमाडौं, २ माघ(ओएनएस) : काठमाडौं गोंगबुस्थित पिस ग्लास हाउसमा सिलिन्डर ग्यास विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् ।

फाइल तस्बिर

बुधबार बिहान भएको विष्फोटमा घाइेतमध्ये नुवाकोट– बेलकोटका काजी तामाङको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होमिन्द्र बोगटीका अनुसार घाइते भएका राजु बिसी, कैलाश श्रेष्ठ, रेशम तामाङ र अनिल पोखरेलको अवस्था पनि चिन्ताजनक रहेको छ ।

मृतक र घाइते सबै श्याम ढुङगानाले सञ्चालन गरेको पिस ग्लास हाउसमा कार्यरत मजदुर हुन् ।

घाइतेमध्ये ३ जनाको ग्रान्डी अस्पताल र एकजनाको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको डीएसपी बोगटीले बताए । विष्फोट कसरी भयो भन्नेबारे केही खुल्न नसकेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here