गृहमन्त्री थापाकाे राजीनामा माग्दैँ प्रर्दशन

83
  •  
  •  
  •  

काठमाडौं,२२ साउन (ओएनएस) : मानवअधिकारकर्मीहरुले कम्युनिष्ट सरकारले देशमा जनताहरुलार्इ सुरक्षाको प्रत्याभुत गराउन कुरा सतहमा ल्याएपछि अन्य राजनीतिक दलहरुपनि केपी ओली नेततृत्वको कम्युनिष्ट सरकारका गृहमन्त्री राम बहादुर थापाको विरोध गरेका छन्। कम्युनिष्ट सरकारका गृहमन्त्री थापाको चरम लापरवाहीको कारणले देशमा दिनदिनै कुनै न कुनै अप्रिय घटना भइरहेको छ।

त्यसैले त्यस्तो घटना पुन: नदोहरिन सरकारलार्इ सचेत गराउँन कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि मुलुकमा शान्ति, सुरक्षा कायम गर्न माग गर्दै सरकारविरुद्ध प्रर्दशन गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्ध राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन महिला र बालबालिकामाथि श्रृखलाबद्ध हत्या, हिंसा र बलात्कार भइरहेको विरोधमा मंगलबार काठमाडौंको माईतीघर मण्डलामा सरकारविरुद्ध र्‍यालीसहित प्रर्दशन उत्रेको हो। प्रर्दशनमा उत्रेका महिला नेतृहरुले शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै गृहमन्त्री रामबहादुर थापाको राजीनामा समेत माग गरेका छन् ।

महिला र बालबालिकामाथि श्रृंखलावद्ध रुपमा भइरहेको हत्या, हिंसा र बलात्कारको घटना तत्काल रोक्न माग गर्दै सरकारविरुद्ध प्रर्दशन गर्नुपरेको संगठनकी अध्यक्ष रोशन कार्कीले जानकारी दिइन् । उनले शान्ति सुरक्षा कायम गर्न सरकार पूर्णत असफल भएको दावी गर्दै गृहमन्त्री थापाको राजीनामा पनि माग गरिन् ।


  •  
  •  
  •