अघिल्लो सरकारले गरेको निर्णय ओलीकाे सरकारले रद्ध गरेपछि कांग्रेस आक्रोशित

128
  •  
  •  
  •  

काठमाडाैँ,८ फागुन (ओएनएस): अघिल्लो सरकारले गरेको निर्णय ओली नेतृत्वकोे सरकारले रद्ध गरेपछि नेपाली कांग्रेस आक्रोशित भएको छ। राष्ट्रियसभाका तीन सदस्यमा आफ्नो सरकारले पठाएको नाम फिर्ता लिएर अर्को नाम पठाएकोमा कांग्रेस आक्रोशित भएको हो।

राष्ट्रियसभामा ओली नेतृत्वकोे सरकारले गरेको सिफारिस असंवैधानिक रहेको कांग्रेसले बताएको छ। यो सिफारिस संविधान र राष्ट्रिय सहमतिको भावना विपरित रहेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा अाेएनएस न्युजलार्इ बताए।

देउवा सरकारले कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको थियो । तर, मन्त्रिपरिषदको मंगलबार विहान बसेको बैठकले देउवा सरकारले गरेको सिफारिस रद्द गर्दै युवराज खतिवडा, रामनारायण विडारी र विमला पौडेल राईलाई पठाएको छ ।


  •  
  •  
  •