रहस्यमय स्थान, जहाँ चराहरु गर्छन् सामूहिक आत्महत्या

bird 1
एजेन्सी : आजसम्म तपाईले मानिसले मात्रै आत्महत्या गर्छन् भन्ने सुन्नुभएको होला । तर, संसारमा यस्तो ठाउँ पनि छ, जहाँ चराहरु सामूहिक आत्महत्या गर्छन् । आखिर किन चराहरु एकै ठाउँमा सामूहिक आत्महत्या गर्छन् ? यसको रहस्य बुझौं : 

भारतको दक्षिणी आसामको पहाडी गाउँ जतिङ्गा भन्ने ठाउँमा चराहरु सामूहिक आत्महत्या गर्ने गर्छन् । सेप्टेम्बर सुरु हुने वित्तिकै यो क्षेत्र चर्चाको विषय बन्ने गर्छ । यो समयमा एकपटक यदि कोही आप्रवासी चराहरु आउँछन् भने फर्केर जाँदैनन् भन्ने मानिन्छ ।

अक्टूबर र नभेम्बर महिनाको अँधेरी रातमा यहाँ अचम्मको घटना हुन्छ । जहाँ चराहरु सामूहिक आत्महत्या गर्छन् । मानिस यसलाई भूत र रहस्यमय ताकतसंग जोडिएको मान्छन् ।

यसका पछाडि एक बैज्ञानिक कारण पनि रहेको छ । वैज्ञानिकहरुका अनुसार यहाँ तिब्र गतिमा वर्षा हुन्छ जसले गर्दा चराहरु भिजेर उड्न सक्दैनन् । वर्षासंगैको हावाले चराहरुले आफूलाई सन्तुलनमा राख्दैनन् र रुख तथा भित्तमा ठोकिएर मर्छन् ।

चराचुरुङ्गीको सामूहिक आत्महत्याको हल्लाले यो गाउँ नै प्रसिद्ध भइसकेको छ । वर्षाको समयमा यहाँ चराचुरुङ्गीहरुको मर्ने संख्या कैयौं गुणा बढ्ने गरेको छ ।

SHARE