काठमाडौंमा भेटियो बर्डफ्लु,२८ हजार कुखुरा नष्ट

497
  •  
  •  
  •  

काठमाडौं, ३ चैत(ओएनएस) : काठमाडौंको ताकेश्वरका दुई कुखुरा पोल्ट्रीफार्ममा बर्डफ्लु भेटिएको छ ।
तारकेश्वर–७ स्थित बस्नेत टोलका श्यामसन्दुर बस्नेतको सागर पोल्ट्रीफार्म र श्यामकुमार बस्नेतको आकाश पोल्ट्रीफार्ममा बर्डफ्लु भेटिएको हो ।

कुखरामा बर्डफ्लु भएको पुष्टि भएपछि २८ हजार कुखुरा नष्ट गरिएको नगर पशुशाखा प्रमुख डा.जयप्रकाश राय यादवको भनाइ छ ।

गत वर्ष पनि यहाँ हाँसमा बर्डफ्लुको देखिएको थियो । पुनः कुखुरामा संक्रमण देखिएको कारण अहिलेसम्मको अध्ययनबाट पत्ता लगाउन नसकेको डा. यादवले बताए । बर्डफ्लु भएको पुष्टि भएपछि सो प्रभावित क्षेत्रमा रहेका पोल्ट्रीफार्मका कुखुरा नष्ट गर्ने काम भइरहेको छ । अन्य पोल्ट्रीफार्मका कुखुरामा पनि बर्डफ्लुको लक्षण देखिन थालेकाले परीक्षणका लागि पठाइसकिएको बताइएको छ ।

बर्डफ्लु देखिएपछि अहिले चार किल्लाभित्रका पंक्षी नष्ट गरी खाडलमा पुरिएको छ । खाली रहेका खोरलाई पनि निःसङ्क्रमण गरिएको छ ।

केहि दिन अघि मकवानपुरको हेटौँडामा एक किसानले पालेको कुखुमा बर्डफ्लु भएको पुष्टि भएको थियो ।


  •  
  •  
  •