विराटनगरमा बलात्कारीलाई फाँसीको सजाय माग्दै प्रदर्शन

153
  •  
  •  
  •  

काठमाडाैं, २० साउन (अाेएनएस) : विराटनगरमा बलात्कारीलाई फाँसीको सजाय माग्दै प्रदर्शन गरिएको छ । देशभर बलात्कार जस्ताे जघन्य घटना दिन प्रति दिन बढिरहेको बेला शनिवार युवाहरुले फाँसीको सजाय माग गर्दै बिरोध प्रर्दशन गरेका हुन् ।

बलात्कारका घटना रोक्न र दोषीलाई कडा सजाय दिलाउन बिराटनगरका यूवाहरुले प्रतिकात्मक जुलुस प्रर्दशन गरेको जुनियर जेसीसका अध्यक्ष मिलाप कर्णले बताए। ट्राफिक चोकबाट निस्किएको जुलुसले बिराटनगर बजार परिक्रमा गरी काेणसभामा परिणत भएकाे थियाे।

शुक्रबार दिउँसो बिराटनगर १४ मा निर्माणधिन रेलको ट्रयाक मुनि अन्दाजी २२ वर्षीय यूवतीको शव पानीमा फालेको अवस्थामा फेला परेको थियो । प्रहरीले उनको बलात्कारपछि हत्या गरेको आशंका गरेको छ । उनको शनाखत हुन सकेको छैन ।

बिराटनगर जुनियर जेसीस, बीग नेपाली, हामी यूवा, नयाँ पाईला, लियो क्लब र पहिलो पाईला नामक यूवा सञ्जालमा आवद्ध युवाहरुले संयुक्त जुलुस निकालेर बिरोध प्रर्दशन गरेका हुन्


  •  
  •  
  •