रियाल, दिर्हाम र रिंगिटको भाउ घट्यो

24
  •  
  •  
  •  

काठमाडौं, २० मंसिर(ओएनएस) । बिहीबार रियाल, दिर्हाम र रिंगिटको भाउ बुधबारको तुलनामा घटेको छ ।
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २९ रुपैयाँ ९७ पैसा र बिक्रिदर ३० रुपैयाँ १३ पैसा रहेको छ ।

यसैगरी कतारी रियाल एकको खरिददर ३० रुपैयाँ ८८ पैसा र बिक्रिदर ३१ रुपैयाँ ०५ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ६१ पैसा र बिक्रिदर ३० रुपैयाँ ७८ पैसा तोकेको छ ।

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ०७ पैसा र बिक्रिदर २७ रुपैयाँ २१ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ११ पैसा र बिक्रिदर १० रुपैयाँ १६ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३६९ रुपैयाँ ७६ पैसा छ भने बिक्रिदर ३ सय ७१ रुपैयाँ ७३ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर २ सय ९८ रुपैयाँ ३० पैसा र बिक्रिदर २ सय ९९ रुपैयाँ ८९ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा भने वाणिज्य बैंकहरुले केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here