दुई अमेरिकी विमान ठोक्किदा ६ बेपत्ता

36
  •  
  •  
  •  

काठमाडौं, मंसिर(एजेन्सी) । जापानमा तेल भर्ने क्रममा दुई अमेरिकी विमान एक आपसमा ठोक्किँदा नौसैनिक हराइरहेका छन् ।


अधिकारीका अनुसार एफए–१८ हर्नेट जेट फाइटर र केसी–१३० हर्क्युलिस रिफ्युलिङ एयरक्राफ्ट हावामा बिहिबार ठोक्किएको हो । जापानको रक्षा मन्त्रालयका अनुसार दुई विमानमा सवार सात जनामध्ये एकजनाको उद्दार गरिएको छ ।

हराइरहेका नौसैनिकबारे पत्ता लगाउनका लागि अभियान जारी भएको अधिकारीहरुले बताएका छन् ।
यसका लागि डाक्टरले पनि क्रु–मेम्बर्सको मद्दत गरिरहेका छन् । जापानले पनि विमानको खोजीका लागि चार एयरक्राफ्ट र तीन जहाज पठाएको बताएको छ । जापानले जहाज पठाएकोमा अमेरिकाले समेत धन्यवाद दिएको छ ।

अमेरिकी नौसेनाले बयान जारी गर्दै भन्यो, ‘दुबै जहाजले इवाकुनीस्थित मरिना कोर्प्स एयर स्टेशनबाट उडान भरेका थिए । यस्तो प्रकारको उडान नियमित तालिमको हिस्सा हो तर बिहिबार भने यस्तो दुर्घटना भयो । दुर्घटनाको अनुसन्धान जारी छ ।’

एजेन्सी


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here