बिहीबार, भाद्र ८, २०७४ | Thursday, August 24, 2017
न्युज अपडेट

पराजुलीविरुद्ध रिट हाल्ने गिरी सम्पर्कविहीन

'अकारण तारिख गुजारेमा बेञ्चले कानुनी कारबाही गर्नसक्छ'

पराजुलीविरुद्ध रिट हाल्ने गिरी सम्पर्कविहीन

काठमाडौं, २२ जेठ : सर्वोच्च अदालतका न्यायाधीश गोपाल पराजुलीलाई प्रधानन्यायाधीश नबनाउन माग गर्दै रिट दायर गर्ने अधिवक्ता विकास गिरी चार दिनदेखि सर्वोच्चको सम्पर्कबाहिर छन् ।

गिरीले गत बुधबार न्यायाधीश पराजुलीविरुद्ध रिbikash giri fb tlट दर्ता गरेपछि न्याय क्षेत्रमा सनसनी फैलिएको थियो । सबैलाई जिल्याउँदै गिरी एकाएक सम्पर्कविहीन भएको प्रसंगले सर्वोच्च प्रशासनका कर्मचारी र कानुन व्यवसायी आश्चर्यमा परेका छन् । पराजुलीविरुद्ध नौ पृष्ठ लामो रिट हाल्न सक्रिय गिरी एकाएक सम्पर्कविहीन हुँदा रिटको पक्षमा बहस गर्ने तयारीमा रहेका कतिपय लब्धप्रतिष्ठित कानुन व्यवसायीसमेत जिल्लिएका छन् ।

गिरीको रिटमा सुनुवाइका लागि गत बिहीबार न्यायाधीश केदारप्रसाद चालिसेको इजलासमा पेसी तोकिएको थियो । त्यस दिन न्यायाधीश चालिसे आईजीपी विवादमा गठित बृहत् इजलासमा समेत रहनुपरेका कारण सुनुवाइका लागि पालो आएन । त्यसदिनदेखि गिरी मुद्दाको तारिख गुजार्दै सम्पर्कमा नआएको सर्वोच्च प्रशासनले जनाएको छ । गिरी आइतबार पनि सम्पर्कमा आएनन् ।

कतिपयले गिरी पराजुली पक्षधर वकिलहरुसँग मिलेर तारिख गुजारेको र प्रधानन्यायाधीश सुशीला कार्कीको अवकाश भएपछि अर्थात् २५ जेठपछि मात्र सम्पर्कमा आउन सक्ने आशंका गरेका छन् ।

सर्वोच्चका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले निवेदक गिरी सम्पर्कमा नरहेको बताए । ‘उहाँ सम्पर्कमा आउनुभएको छैन । तारिख थाम्न पाउने म्याद छउन्जेल हेर्नुपर्ने हुन्छ । अकारण तारिख गुजारेमा बेञ्चले कानुनी कारबाही गर्नसक्छ,’ उपाध्यायले भने ।

यही वर्ष मात्र अधिवक्ताको प्रमाणपत्र लिएका गिरी बनेपा, टुकुचाका स्थायी बासिन्दा हुन् । उनी हाल उच्च अदालत पाटन बार एसोसिएसनको सदbikash giri tb tl 2स्य रहेको आजको अन्नपूर्ण पोस्ट दैनिकमा जनाइएको छ ।

मुद्दा हालेर बेपत्ता हुनु कानुन व्यवसायीको आचरणविपरीत मानिन्छ । यसअघि सर्वोच्च अदालतले नै केही मुद्दामा अदालतको स्रोतसाधन दुरुपयोग गरेको आरोपमा सजाय गरेको थियो । अदालतले सजाय गरेका कानुन व्यवसायी भविष्यमा न्यायाधीश वा अन्य कुनै सार्वजनिक पदका लागि अयोग्य हुन सक्छन् ।

उनले आफ्नो फेसबुकमा दुई तीन दिनदेखि व्यवस्तता र तनाब भएको लेखेका छन् । हेर्नुहोस् उनको फेसबुक टाइमलाइन ।

 

 

यसरी उनी कार्कीको कार्यकाल कटाएर पराजुलीको कार्यकालमा मात्र सम्पर्कमा आएमा उनी पराजुलीसँग मिलेको पुष्टि हुनेछ । विपक्षसँग मिल्नुलाई कानुन व्यवसाय क्षेत्रमा गम्भीर विचलनका रुपमा हेरिन्छ । यस्तो अवस्थामा नेपाल बार काउन्सिलले वकालत अनुमतिपत्र खारेज समेत गर्न सक्छ ।

त्यसैगरी मुद्दाको तारेक पर्चा पनि फेसबुकमै सार्वजनिक गरेका छन् ।

bikas giri gopal parajuli case

कतिपयले गिरी पराजुली पक्षधर वकिलहरुसँग मिलेर तारिख गुजारेको र प्रधानन्यायाधीश सुशीला कार्कीको अवकाश भएपछि अर्थात् २५ जेठपछि मात्र सम्पर्कमा आउन सक्ने आशंका गरेका छन् ।

यसरी उनी कार्कीको कार्यकाल कटाएर पराजुलीको कार्यकालमा मात्र सम्पर्कमा आएमा उनी पराजुलीसँग मिलेको पुष्टि हुनेछ । विपक्षसँग मिल्नुलाई कानुन व्यवसाय क्षेत्रमा गम्भीर विचलनका रुपमा हेरिन्छ । यस्तो अवस्थामा नेपाल बार काउन्सिलले वकालत अनुमतिपत्र खारेज समेत गर्न सक्छ ।

Comments are closed.

'
Scroll To Top