हुकिङ गरी विद्युत् चोरी गर्ने पक्राउ

20
  •  
  •  
  •  

सिराहा, २७ पुस(ओएनएस) : सिराहामा रहेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले हुकिङ गरी विद्युत् चोरी गर्ने दुई दर्जन व्यक्तिलाई पक्राउ गरेको छ ।

फाइल तस्बिर

विद्युत् प्राधिकरण वितरण केन्द्र लहानबाट खटिएको विद्युत् चुहावट नियन्त्रण टोलीले लहानको पड्रिया, मटियर्वा, बर्छवालगायतका स्थानबाट २४ जनालाई पक्राउ गरेको हो ।

अनुगमन निरीक्षणको क्रममा हुकिङ गरी विद्युत् चुहावट गरिरहेको अवस्थामा सबै जनालाई नियन्त्रणमा लिइएको विद्युत् प्राधिकरण लहानका प्रमुख विष्णुप्रसाद यादवले जानकारी दिए ।

पक्राउ गरिएका सबैमाथि विद्युत् चुहावट ऐनअन्तर्गत कारबाही गरी दुई लाख ६० हजार राजश्व असुली गरेको प्रमुख यादवको भनाइ छ ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here