विदेशमा रहेका नेपालीको मतदानको व्यवस्था मिलाउन सर्वोच्चले दियाे आदेश

40
  •  
  •  
  •  

काठमाडाैं, १८ भदाै (अाेएनएस) : सर्वोच्च अदालतले विदेशमा रहेका तर नेपाली नागरिकता नत्यागेका सबै नेपालीलाई मतदानको व्यवस्था गर्न आदेश दिएको छ ।  सर्वोच्चले नेपाली नागरिकता रहेका नागरिकहरूले रोजगारीको क्रममा विश्वका जुनसुकै देशमा रहेका भए पनि उनीहरु उक्त ठाउँबाटै मतदान गर्न अधिकार पाउने ऐतिहासिक फैसला गरेको छ । अधिवक्ता प्रेमचन्द्र राईले दायर गरेको रीटमा न्यायाधीशद्वय सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको इजलासमा फैसला गर्दै सर्वोच्च अदालतले विदेशमा रहेका नेपाली नागरिकलाई पनि मतदानमा भाग लिन पाउने व्यवस्था गर्न ऐतिहासिक फैसला गर्दै आदेश दिएको हो ।

‘नोट चल्ने तर भोट किन नचल्ने ?’ भन्ने अभियान सञ्चालन गर्दै आएका गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले सर्वोच्च अदालतको यो ऐतिहासिक निर्णयको स्वागत गर्दै यस निर्णयको फलस्वरूप विदेशमा रहेका नेपालीले आफ्नो देशका लागि योगदान दिने मौका पाएको बताए ।

फैसलामा विदेशमा रहेका सबै नेपाली नागरिकले निर्वाचनमा भाग लिन पाउने व्यवस्था सुनिश्चित गर्न प्रबन्ध मिलाउन आदेश गरिएको छ । वैदेशिक रोजगारीमा रहेका मात्र नभएर विभिन्न प्रयोजनले विदेशमा रहेका वालिग नेपाली नागरिकको मताधिकार सुरक्षित गनुपर्ने फैसला सर्वोच्चले गरेको हो ।

सर्वोच्चको यो फैसलासँगै अब विदेशमा रहेका नेपाली नागरिकले समेत मतदानमा भाग लिन पाउनेछन् तर त्यसका लागि आवश्यक प्रक्रिया शुरु गर्न प्रधानमन्त्रीको कार्यालय, मन्त्रित्रपरिषद्को कार्यालयका नाममा आदेश जारी भएको छ ।


  •  
  •  
  •