विदेशमा गरिने उपचार खर्च सरकारले नबेहोर्ने प्रावधानसहित पारित भयाे जनस्वास्थ्य विधेयक

34
  •  
  •  
  •  

काठमाडौं, २९ भदौँ (ओएनएस) : विदेशमा गरिने उपचार खर्च सरकारले नबेहोर्ने प्रावधानसहित जनस्वास्थ्य विधेयक पारित भएकाे छ। अबदेखि सरकारले बिदेशमा गरिने जोसुकैको उपचार खर्च राज्यले नदिने गरी जनस्वास्थ्य विधेयक पारित भएकाे हाे।

उक्त विधेयक शुक्रबार संसदबाट सर्वसम्मतिले पारित गरेसँगै यो व्यवस्था लागू हुने भएको छ । संसदबाट पारित जनस्वास्थ्य विधेयकमा कुनै पनि व्यक्तिले विदेशमा गर्ने उपचार खर्च नब्यहोर्ने उल्लेख छ । पारित भएको यो ऐन राष्ट्रपतिले प्रमाणीकरण गरेपछि लागू हुनेछ ।

यसअघि पहुँचवालहरुले सरकारी खर्चमा विदेशमा गएर उपचार गर्ने गरेका थिए । संविधानमा स्वास्थ्यलाई मौलिक हक अन्तर्गत राखेर त्यसलाई कार्यान्वयन गर्न सरकारले नयाँ कानुन निर्माण गरेको हो ।

विधेयकमा ‘प्रचलित कानुनमा जे कुरा लेखिए पनि कुनै व्यक्तिले विदेशमा उपचार गर्नुपर्ने भएमा नेपाल सरकारले राज्यकोषबाट व्यहोर्ने छैन,’भन्ने उल्लेख छ । शुक्रबार विधेयक पास भएसँगै अबदेखि नेपाल बाहिर उपचार गर्न जाने नेता, मन्त्री, प्रधानमन्त्री तथा कर्मचारी जो कोहीले पनि व्यक्तिगत खर्च गर्नुपर्नेछ ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here