विराटनगर महानगरपालिकाको कार्यालयमा बम विष्फोट, बम विष्फोट गराउने समुहकाे खाेजी तिब्र

72
  •  
  •  
  •  

काठमाडौं,२७ साउन (ओएनएस) : विराटनगर महानगरपालिकाको कार्यालय परिसरमा बम बिष्फोट भएको छ । मेयर भीम पराजुलीको कार्यकक्ष बाहिर आइतबार दिउँसो बम विष्फोट भएको हो ।

बम विष्फोटबाट कार्यलयको केही सिसा फुट्नुकासाथै सोफामा पनि क्षति भएको मोरङका एसपी मनोज केसीले बताए ।

बमको छर्राले को१झ ४९४ नम्बरको सरकारी गाडीमा समेत क्षती पुगेको छ । मोरङ प्रहरीका अनुसार बम कसले र किन राखेको भन्ने अनुसन्धान भइरहेको छ । साथै बम विष्फोट गराउने समुहकाे खाेजी तिब्र पारिएकाे छ।


  •  
  •  
  •