नयाँ संरचनाअनुसार नेपाली सेनाका आठ पृतना स्थापना गरिने

657
  •  
  •  
  •  

Bhimsen-Das-Pradhan
काठमाडौं, १३ साउन (अाेएनएस) : रक्षामन्त्री भीमसेनदास प्रधानले देशको नयाँ संरचनाअनुसार नै अब नेपाली सेनाको पनि संरुचना फेरिने बताएका छन् ।

शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री प्रधानले सात प्रदेश र काठमाडौं उपत्यकामा एक गरेर आठ स्थानमा पृतना स्थापना गरिने बताए । उनले पृतना स्थापना गर्ने कार्य अगाडि बढिसकेको समेत जानकारी दिए ।

कार्यक्रममा बौल्द मन्त्री प्रधानले नेपाली सेनाको सक्षम जनशक्ति, चेनअफ कमाण्डर छोटो समयमा गुणस्तरीय पूर्वाधार निर्माणको अनुभवले द्रुत मार्गले तोकिएको समयावधिभित्रै पूर्णता पाउने आशा व्यक्त गरे ।

सेनालाई विकास निर्माणको थप जिम्मेवारी दिन कार्यक्षमता अभिवृद्धि गर्न आवश्यक रहेको बताउँदै उनले मुलुकका विकट क्षेत्रका सडक निर्माणमा सेनाले गर्दै आएको कार्य मूल्यांकनका आधारमा राजधानीसँग तराई–मधेसलाई जोड्ने छोटो दूरीको द्रुत मार्ग निर्माणको जिम्मेवारी दिइएको स्पष्ट गरे ।


  •  
  •  
  •