कैलालीको गौरीगंगाका मेयर बने एमालेका देउवा

225
  •  
  •  
  •  

bhim deuba 1
कैलाली, १९ असार (ओएनएस) : कैलालीको गौरीगांगा नगरपालिकामा एमालेले जित हात पारेको छ । एमालेका भीमबहादुर देउवा ५ हजार ८९१ मतसहित विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका देवीदत्त कँडेलले ५ हजार ८३० मत ल्याए । यहाँ कांग्रेसका दिनेश जोशी ५ हजार २९२ मत ल्याएर तेस्रो स्थानमा रहे ।

उपमेयरमा पनि एमालेकी अञ्चला चौधरी विजयी भएकी छन् । उनले ६ हजार १६३ मत ल्याइन् ।

उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी करुणा चौधरीले ५ हजार ३७३ मत ल्याइन् । कांग्रेसकी मेनका जोशीले ५ हजार ३४९ मत ल्याइन् । यहाँ तीनवटै दलका रोमाञ्चक प्रतिशपर्धा भएको थियो ।


  •  
  •  
  •