बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

एनआरएनए अध्यक्षमा भट्ट विजयी

bhawan bhattaकाठमाडौं, ३१ असोज– गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट निर्वाचित भएका छन्।

काठमाडौँमा सम्पन्न आडौं विश्व सम्मेलनमा अध्यक्षका उम्मेदवार जमुना घले गुरुङलाई भारी मत अन्तरले हराउँदै भट्ट विजयी भएका हुन्।

भट्टले एक हजार एक सय ९७ मत प्राप्त गरी विजयी हुँदा गुरुङले भने पाँच सय ८४ मत प्राप्त गरेको एनआरएनए निर्वाचन समितिले जनाएको छ।

खुला दुई उपाध्यक्ष पदमा कुमारप्रसाद पन्त र कुल आचार्य तथा महिला उपाध्यक्षमा सपिला राजभण्डारी, महासचिवमा डा बद्री केसी, सचिवद्वयमा डबरबहादुर (डिबी) क्षेत्री र जानकी गुरुङ, कोषध्यक्षमा हिक्मतबहादुर थापा र सह–कोषाध्यक्षमा सोमनाथ सापकोटा विजयी भएका छन्।

निर्वाचनमा एक हजार आठ सय ५४ मतदाता सहभागी थिए।

चौध वर्षअघि स्थापना भएको एनआरएनएले हाल ७७ मुलुकमा आफ्नो सञ्जाल विस्तार गरिसकेको छ। एनआरएनएको महाधिवेशन हरेक दुई वर्षमा नेपालमै हुने गरेको छ।

Comments are closed.

'
Scroll To Top