नेपाली मूलका भण्डारी अमेरिकाको राज्य सांसदमा विजयी

13
  •  
  •  
  •  

काठमाडौं, २१ कात्तिक (एजेन्सी) : नेपाली मुलका ह्यारी (एचबी) भण्डारी अमेरिकामा भएको मध्यावधि निर्वाचनमा मेरिल्याण्ड राज्यको सांसदमा निर्वाचित भएका छन्।

डेमोक्रेटिक पार्टी उम्मेदवार बनेका भण्डारी मेरिल्याण्ड राज्यको तल्लो सदन ‘हाउस अफ डेलिगेट’ निर्वाचन क्षेत्र नम्बर ८ मा विजयी भएका हुन्। नेपालको पर्वतमा जन्मेका उनी सन् २००५ मा अमेरिका पुगेका थिए।

मंगलबार भएको निर्वाचनमा मेरिल्याण्ड राज्यको हाउस अफ डेलिगेट डिष्ट्रिक ८ बाट २० हजार ९ सय ७७ मतका साथ निर्वाचित भए।

भण्डारी नेपालमा अंग्रेजी भाषामा प्राध्यापन गर्थे भने अमेरिकामा पनि भण्डारी प्राध्यापन पेशामा संलग्न छन् ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here