राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

22
  •  
  •  
  •  

काठमाडौं, २० मंसिर(ओएनएस) । राष्ट्रपति विद्या भण्डारी पोल्याण्डको पाँच दिने औंपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएकी छन् ।

पोल्याण्डमा आयोजित संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धीको २४ औं सम्मेलनमा भाग गत शनिबार भण्डारी पोल्याण्ड प्रस्थान गरेकी थिइन् ।

राष्ट्रपति भण्डारीलाई आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोखरेल, मन्त्रीहरुलगायतले स्वागत गरेका थिए । भण्डारीको सम्मानमा नेपाली सेनाले सलामी अपर्ण समेत गरेको थियो ।

सम्मेलनमा जलवायु परिवर्तनबाट हुने नकारात्मक असर न्यूनीकरणका लागि संयुक्त राष्ट्र संघसँग सहकार्य गरेर अघि बढ्ने विषयमा गम्भीर छलफल भएको भ्रमण दलका संलग्न वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले जानकारी दिए ।

विमानस्थलमा पत्रकार सम्मेलन गरी उनले सम्मेलनमा सहभागी भएका राष्ट्र प्रमुखहरुसँग पनि राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनको नकारात्मक असरलाई न्यूनिकरण गर्ने विषयमा औपचारिक÷अनौपचारिक छलफल गर्नु भएको पनि बताए ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here