बझाङमा विपदबाट जनधनको क्षतिप्रति सांसदद्वारा सरकारकाे ध्यानाकर्षण, मागे राहत

202
  •  
  •  
  •  

काठमाडौं–बझाङमा दुर्घटना र प्राकृतिक विपद्का कारण भएको जनधनको क्षतिप्रति त्यहाँका सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन्।

सांसदद्वय भैरवबहादुर सिंह र आशा विकले विज्ञप्ति जारी गरी केही दिन अघि बझाङमा बाढीले ५ जनाको मृत्यु भएको, जीप दुर्घटनामा ३ जनाले ज्यान गुमाएको, पहिरोले सब इन्जिनियरको मृत्यु भएको, असिना पानीले ९० प्रतिशन बालीनाली तथा फलफूूलको क्षति भएकोप्रति दुख व्यक्त गर्दै सरकारसँग राहत माग गरेका हुन्।

जारी विज्ञप्तिमा बझाङ जिल्लामा वैशाख १९ गतेदेखि २५ गतेसम्म जिल्लाका २ वटा नगरपालिका र १० वटा गाउँपालिकामा अविरल असिना पानी आई जनधन, बालीनालीको क्षती भएको र थलरा गाउंपालिका–४ मा एउटै घरपरिवारका ५ जनाको पहिरोले पुरेर मृत्यु भएको, जीप र्दुघटना ३ जनाको मृत्यु भएको र चिनँंग जोडिएको सेती लोक मार्गमा काम गर्दे गरेका सव–इन्जिनियरको पनि मृत्यु भएकाप्रति पनि दुख व्यक्त गरेको जनाइको छ ।

साथै विज्ञप्तिमार्फत सांसदहरुले जंगलमा चरिराखेका बाख्रा सहित नेपालको राष्ट्रिय चरा डांफे लगायतका अन्य पशुपंक्षीहरु मरेको तथा सो बाढीले भौतिक पूर्वाधार पनि नष्ट भएको, जयपृथ्वी राजमार्गमा यातायात, खानेपानी, सिंचाई, कुलो, विद्युत तथा नहर अवरोध भएको हुँदा बझाङ जिल्लाको जनजीवन कष्टकर बन्दै गएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसदहरुले दैविक प्रकोपले धनजनको क्षति भएको हुँदा बझाङ जिल्लाका पीडित पक्षको लागी राहात सामाग्री वितरण गर्न र सो जिल्लालाई दैविक प्रकोप विपत जिल्ला घोषणा गरि सम्पूर्ण सरोकारवालाहरुलाई राहात योजना तत्काल लागु गर्न सम्बन्धित निकाय र नेपाल सरकारसमक्ष अनुरोध गरेका छन्।

वैशाख २४ गते सोमबार दिउँसो ११ बजेतिर तल्कोट गाउँपालिकाको रुमैली भन्ने ठाँउमा पहिरो जाँदा चन्द्र नार्गाजुन बानियाँ जेभी कन्स्ट्रक्सन प्रालिमा कार्यरत सब–इन्जिनियर नारायण दाहालको निधन भएको थियो।

वैशाख १९ गते आएको असिना र बाढीले ठुलो धनजनको क्षती भएको थियो भने बाढीले जिप बगाउँदा तीन जनाले ज्यान गुमाएका थिए।

बझाङ जिल्लामा केहीदिन यता लगातार विभिन्न कारणले धनजनको क्षति हुँदै आएको छ। सोही घटनाप्रति सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका हुन्।


  •  
  •  
  •