भदौ १ देखि लागू हुने नयाँ मुलुकी संहिताले चिकित्सकहरुलार्इ समेत ल्यायाे कानूनकाे दायरामा

175
  •  
  •  
  •  

काठमाडौं,२५ साउन (ओएनएस) : अागामी भदौँ १ देखि लागू हुने नयाँ मुलुकी संहिताले चिकित्सकहरुलार्इ समेत कानूनकाे दायरामा ल्याएकाे छ। उपचारका क्रममा बिरामीको मृत्यु हुँदाचिकित्सकको लापरवाही भएको भन्दै नेपालका धेरै अस्पतालमा हुलदंगा र तोडफोड हुने गरेको छ । यस्ता विवादहरु धेरैजसो अस्पताल प्रशासनसँगको सहमतिमा टुंगिने गरेका छन् । मिलेमतोमा घटना सामसुम पारिँदा डाक्टरको लापरवाही हो वा होइन भन्नेसमेत थाहा हुँदैन । तर, अब भदौ १ देखि नयाँ मुलुकी संहिता आएपछि भने चिकित्सकहरु जेल जानुपर्ने हुन सक्छ ।

उपचारमा लापरवाही गर्ने डाक्टरलाई कारबाहीको भरपर्दो व्यवस्था नहुँदा अहिलेसम्म यस्ता घटनामा चिकित्सकहरुमाथि कुनै कारवाही भएको छैन । तर, अब भदौ १ देखि लागू हुने मुलुकी अपराध ९संहिता० ऐन २०७४ मा डाक्टरको लापरवाहीले विरामीको मृत्यु भएको पुष्टि भएमा त्यस्ता डाक्टरलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ ।

ऐनको दफा २३१ मा बदनियत चिताई उपचार गर्नु भन्नाले निम्न अवस्था उल्लेख गरिएको छ-

ज्यान मार्ने वा अंगभंग गर्ने नियतले उपचार गर्नु

एक किसिमको इलाज गर्नुपर्नेमा अर्को किसिमको गर्नु

ज्यान मर्छ भन्ने जानी जानी औषधी खुवाउनु वा सिफारिस गर्नु

एउटा अंग चिरफार गर्नुपर्नेमा अर्को अंग चिरफार गर्नु

त्यस्तो अंग बेकम्मा बनाउन वा शरीरबाट अलग गर्ने काम गर्नु ।

यस्तो कसुरबाट ज्यान मरेमा ज्यान मारेसरह अर्थात जन्मकैदसम्म र अंगभंग भएमा अंगभंग गराए सरह अर्थात १० वर्षसम्म कैद र एक लाख जरिवाना गर्ने व्यवस्था ऐनमा गरिएको छ ।


  •  
  •  
  •