अस्पतालले जन्मेकाे ५ महिनासम्म बच्चालार्इ बन्धक बनायाे

805
  •  
  •  
  •  

२ फागुन : अफ्रीकाको गबोनमा एउटा आमाले जन्माएको बाच्चा ५ महिना पछि एउटा निजी अस्पतालबाट मुक्त गराएपछि लामो साँस लिएकी छिन्।

गबोनको एउटा निजी अस्पतालले लिने उपचार शुल्क बच्चाको आमाले नबुझाएपछि अस्पताले बच्चा बेबी ऐंजललाई आमादेखि टाढाँ राखेको थियो।

यो कुरा बाहिरा आएपछि पुरै देशमा यो परिवारका लागि एउटा अभियान चलाइयो । अभियान पछि उठेको ३६३० डलर अस्पताललाई बुझाइएको थियो।

खÞास कुरो यो छ की गबोनको राष्ट्रपति अली बोंगोले पनि यो अभियानमा केही सहयोग गरेको थियो। अस्पतालले उपचार शुल्क पाएपछि बच्चा आमालाई दिएको थियो। बिबिसी


  •  
  •  
  •