सरकारले गरेकाे निर्णयमाथि सर्वाेच्चले लगायाे राेक, साउन १ गतेदेखि नै निषेधाज्ञा लागू गर्न नपाइने

664
  •  
  •  
  •  

काठमाडाैं, २९ असार (अाेएनएस) : सरकारले गरेकाे निर्णय तत्काल कार्यान्यन नगर्नकाे लागि सर्वाेच्च अदालतले राेक लगाएकाे छ। सरकारले माइतीघर मण्डला लगायत क्षेत्रमा जारी गरेको निषेधाज्ञा सर्वाेच्चकाे अन्तरिम अादेशका कारण साउन १ गतेदेखि नै कार्यान्वयन गर्न नहुने भएको छ।

सर्वोच्च अदालतले यसअघि जारी गरेको अन्तरिम आदेश खारेज नगरेपछि सरकारले तत्काल निषेधाज्ञा लागू गर्न नपाउने भएको हो। यसअघि असार २२ गते सर्वोच्चले माइतीघर लगायतका क्षेत्रमा लगाएको रोक कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो।

दुवै पक्षको सुनुवाइपछि शुक्रबार सर्वोच्चको संयुक्त इजलासले यसअघि जारी भएको अन्तरिम आदेशलाई निरन्तरता दिँदै गृह मन्त्रालयको निर्णय झिकाउने आदेश गरेको छ। न्यायाधीश हरिकृष्ण कार्की र डम्बरबहादुर शाहीको इजलासले निषेधित क्षेत्र घोषणा गर्ने सरकारको निर्णय इजलासमा उपलब्ध नभएको भन्दै झिकाउने आदेश गरेको हो।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सरकारको उक्त निर्णय वाक् स्वतन्त्रतामाथि प्रतिबन्ध लगाउने तयारी भएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए।


  •  
  •  
  •