द्धय अध्यक्ष ओली–प्रचण्डबीच भेटवार्ता सकियाे, के भयाे सहमति ?

72
  •  
  •  
  •  

काठमाडौं, २ जेठ (ओएनएस) : प्रधानमन्त्री तथा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको ‘वान टु वान’ भेटवार्ता सकिएकाे छ।

बुधवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे भेटवार्तामा दुर्इ अध्यक्षबीच एकता प्रक्रिया अघि बढ्न नसकिरहेको बारे गम्भिर रुपमा छलफल भएकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बताए।

उनका अनुसार भेटवार्तामा दुबै अध्यक्षबीच पार्टी एकता संयोजन समितिको बैठक बिहिवार बिहान १० बजे बाेलाउने निर्णय भएकाे हाे। सोही बैठकबाट एकता प्रक्रियालार्इ मुर्त रुप दिन आवश्यक निर्णय हुने बताइएकाे छ।

यसैबिच नेकपा एमालेले प्रेस विज्ञप्ती जारी गर्दै स्थायी कमिटीकाे अाकष्मिक बैठक बिहीबार ११ बजे बाेलाएकाे छ। सचिव कृष्णगाेपाल श्रेष्ठद्धारा हस्ताक्षारित प्रेस विज्ञप्तिमा केन्द्रिय कमिटीकाे भाेली बस्ने नवाैँ बैठकमा पार्टी एकताकाे कार्यसुची तय गरिएकाे उल्लेख गरिएकाे छ।


  •  
  •  
  •