स्वारेजको ह्याट्रिकमा रियल म्याड्रिडको फराकिलो हार

61
  •  
  •  
  •  

१२ कार्तिक: स्पेनिस ला लिगा अन्तर्गत फुटबल क्लबका दुई महारथी बार्सिलोना र रियल म्याड्रिडको खेलमा रियल म्याड्रिड फराकिलो अन्तरले पराजित भएको छ ।

बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा स्टार खेलाडि लुइस स्वारेजले ह्याट्रिक गोल गरेपछि रियल ५–१ गोलको अन्तरले पराजित भएको हो । बार्सिलोनाको लागि अन्य दुई गोल फिलिपे कौटिन्हो र आर्टुरो भिडालले गोल गरेका थिए । यस्तै रियलका लागि सान्त्वना गोल भने मार्सेलोले गरेका थिए ।

स्टार खेलाडि लियोनल मेस्सी चोटका दर्शक दिर्घाबाट हेरिएको खेलमा बार्सिलोनाले उत्कृष्ट प्रदर्शन गरेको थियो । बार्सिलोनाका डिफेन्डर जोर्डि अल्बाको पासमा खेलको ११औँ मिनेटमा नै फिलिपे कौटिन्होले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । यस्तै खेलको ३०औँ मिनेटमा लुइस स्वारेजले पेनाल्टी मार्फत गोल गर्दै टालीको अग्रता दोब्बर पारेका थिए ।

पहिलो हाफ २–० ले सकिएको खेलमा ५०औँ मिनेटमा मार्सेलोले गोल गर्दै रियलको आशा जिवित राखेका थिए । तर दोस्रो हाफमा पनि बार्सिलोनाले उत्कृष्ट प्रदर्शन गर्यो । लुइस स्वारेजले ७५ र ८३ अौं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे भने खेलको अन्तिम समयमा आर्टुरो भिडालले गोल गर्दै फराकिलो जित पक्का गरे ।

यस जितसँगै बार्सिलोना अंक तालिकाको शिर्ष स्थानमा पुगेको छ । रियल म्याड्रिड ९औँ स्थानमा झरेको छ । बार्सिलोनाको दश खेलबाट २१ अंक रहेको छ भने २०अंकका साथ एलाभास दोस्रो स्थानमा रहेको छ । यस्तै समान खेलबाट सेभिल्ला १९ अंकका साथ तेस्रो, १९ नै अंक रहेपनि गोल अन्तरले एथ्लेटिको म्याड्रिड चौथो स्थानमा रहेको छ भने रियल म्याड्रिडको १४ अंक रहेको छ ।


  •  
  •  
  •