बार्सिलोना अंक बाड्नबाट जोगियो

6
  •  
  •  
  •  

१८ कात्तिक: स्पेनिस ला लिगमा बार्सिलोनाले कठिन जित निकालेको छ । लुइस स्वारेजले अन्तिम मिनेटमा गोल गरेपछि गुमिसकेको अंक जोगाउदै तिन अंक थप्न सफल भएको छ ।

शनिबार राति बार्सिलोनाले रियो भालेकानोलाई ३–२ गोल अन्तरले पराजित गरेको हो । रियोको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले ११औँ मिनेटमा नै लुइस स्वारेजको गोलबाट अग्रता लिएको थियो । तर ३५औँ मिनेटमा रियोका जोस एञ्गलले गोल गरेपछि पहिलो हाफ बराबरिमा सकिएको थियो ।

खेलको ५७ औं मिनेटमा एल्भारो गार्सियाले गोल गर्दै घरेलु टिम रोयोलाई अग्रता दिलाएका थिए । बार्सिलोना हार तिर अग्रसर भइरहेको बेल बैकल्पिक खेलाडिको रुपमा मैदान प्रवेश गरेका डिम्बिलेल ८७औं मिनेटमा गोल गरेपछि खेल २–२ को बराबरिमा आएको थियो । खेलको ९०औँ मिनेटमा लुइस स्वारेजले आफ्नो ब्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई बराबरिबाट मात्र जोगाए ।

यस जितसँगै बार्सिलोनाले ११ खेलबाट २४ अंकका साथ शिर्ष स्थानमा कायम रहेको छ । समान खेल खेलेको एथ्लेटिको म्याड्रिड २० अंकका साथ दोस्रो स्थानमा रहेको छ भने एक खेल कम खेलेको एलेभास २० अंकका साथ तेस्रो स्थानमा रहेको छ । यस्तै उपाधि दाबेदार रियल म्याड्रिड ११ खेलबाट १७ अंकका साथ छैटौँ स्थानमा रहेको छ ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here