विदेशबाट सुन ओसारपसार गर्ने तरिका अनौठो, एक भारतीयसहित ६ जना पक्राउ

100
  •  
  •  
  •  

काठमाडौं, २९ फागुन (ओएनएस) : अबैध रुपमा विदेशबाट सुन ओसारपसार गर्ने सुन तस्कारको तरिका अनौठो रहेको खुल्न आएको छ । अवैध रुपमा सुन नेपाल भित्रिन लागेको सुचनाको आधारमा प्रहरीले निगरानी बढाउँदा सुन तस्करीको अनौठो तरिकाको बारेमा खुलासा भएको छ।

अबैध तरिकाले दुबईबाट ब्यूटी पार्लर पसलमा कपाल सिधा पार्न प्रयोग गर्ने हेयर इलेक्ट्रीक आइरनमा सुन लुकाई छिपाई ल्याइ पसलमा बेच्न लैजाने क्रममा प्रहरीले १ सय ४४ तोला सुन बरामद गरेको छ। सुन तस्करहरुले विदेशबाट सस्तोमा सुन ल्याइ नेपालका विभिन्न स्थान तथा भारतमा समेत लगी बिक्रि वितरण गर्ने गरीरहेको प्रहरीले जनाएको छ।
बिशेष सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो, (सिआइबी)द्धारा खटिएको प्रहरी टोलीले उक्त सुनसहित सोमबार एक भारतीयसहित ६ जनालाई पक्राउ गरेको छ।

सोमबार दुबाई बाट काठमाडौँ आएका होम बहादुर बुढाथोकीले ब्यूटी पार्लरमा प्रयोग हुने महिलाहरुले कपाल सिधा पार्न प्रयोग गर्ने हेयर इलेक्ट्रीक आइरनमा लुकाई छिपाई ल्याईएको सुन उनले सरोज के.सी.ले चलाएको बा १६ च ३५१० को कालो रंगको कारमा राखी लैजादै गरेको अवस्थामा सिनामंगल स्थित काठमाण्डौ मेडिकल कलेजको अगाडि प्रहरीले उक्त कारलाई रोकि कार भित्र सवार वाग्लुङ साविक अमरमूमि गाबिस ६ घर भई हाल काठमाडौँ भिम्सेनगोला बस्ने ३३ वर्षीया शशीकला भण्डारी गुरूङ, काठमाडौँ ३२ जडिबुटी बस्ने ४३ वर्षीय सरोज के.सीर झापा दमक ९ बस्ने बर्ष ३८ वर्षीय बुढाथोकीलाई उक्त सुन सहित पक्राउ गरेको छ।

त्यस्तै काभ्रे सखुपाटी चौर साविक गाविस ७ घर भई हाल कोटेश्वर ३२ बस्ने ३५ वर्षीय जिवन शाक्य, काठमाडौँ३२ कोटेश्वर बस्ने बर्ष ३५ वर्षीय बिजु बज्राचार्य र भारत महाराष्ट्र घर भई हाल काठमाडौँ३२ बस्ने २० वर्षीय योगेश मगरलाई प्रहरीले पक्राउ गरेको छ।

शशीकलाको श्रीमानले दुवईबाट इलेक्ट्रीक आइरनमा सुन लोड गरी लुकाई छिपाई नेपालमा पठाउने काम लामो समयदेखि गर्दै आइरहेको अनुसन्धानबाट खुलेको छ।

अनुसन्धानको क्रममा शशीकला र केसीले बुढाथोकीसँग सुन प्राप्त गरी काठमाण्डौ कोटेश्वर स्थित बर्ज्राचार्य गहना प्रालि र शाक्य अर्नामेन्ट समेतमा बिक्री गर्ने गरेको खुल्न आएकोमा सो स्थानहरूमा खानतलासी गर्दा विभिन्न गरगहना तथा गलाइएको सुन बरामद भएपछि प्रहरीले नियन्त्रण्मा लिएको छ।

पक्राउ भएका व्यक्ति र वरामद गरिएको सुनलाई प्रारम्भिक अनुसन्धान पश्चात थप अनुसन्धानको लागी राजश्व अनुसन्धान विभाग, हरिहर भवनमा बुझाईएको सिआइबीका प्रवक्ता जीवन कुमार श्रेष्ठले बताए। ।


  •  
  •  
  •