माछापुच्छ्रे बैंकले गर्‍याे जीएमइ रेमिटलाइ सुपर एजेण्टमा नियुक्त

61
  •  
  •  
  •  

काठमाडौं,२७ साउन (ओएनएस) : माछापुच्छ्रे बैंक लिमिटेडले जीएमइ रेमिटलाई बैंकको सुपर एजेण्टको रुपमा नियुक्त गर्ने गरी सम्झाैता गरेकाे छ ।

सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र जीएमइ रेमिटका तर्फबाट प्रवन्ध निर्देशक दिवाकर पौडलबीच हस्ताक्षर भएकाे हाे। सम्झौता पश्चात एमबीएल रेमिटको भुक्तानी जीएमइको ७००० भन्दा बढी एजेण्टहरु बाट हुनुका साथै जीएमइको भुक्तानी बैंकका सबै शाखाहरुबाट हुनेछन् ।

यो सम्झौतासँगै दक्षिण कोरिया, युएइ, कुवेत, बहराईन्, कतार, ओमन, क्यानेडा र सुडानमा कार्यरत नेपालीहरुले छिटो, छरितो र सुलभ तरिकाले पैसा पठाउन सक्नेछन् र एमबीएल रेमिटमार्फत स्वदेशमा पठाएको रकम माछापुच्छ्रे बैंकका सबै शाखाहरु तथा जीएमइका एजेण्टहरु मार्फत सहजै भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

बैकले देशैभर आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २२ शाखा रहित बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । साथै, बैंकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।


  •  
  •  
  •