खुकुरी प्रहारबाट दुई भतिजाको हत्या

  •  
  •  
  •  

काठमाडाैं, २८ असाेज–बाजुरामा एक व्यक्तिले आफ्ना दुई भतिजाको हत्या गरेका छन्।

त्रिवेणी नगरपालिका–८ कालापानीका गोरख गिरीले आफ्नै दाजु मोहनका दुई छोराको खुकुरी प्रहार गरी हत्या गरेका हन्। हत्यामा गोरखका छोरा २० वर्षीय छोरा योगेन्द्र र १६ वर्षीय दिनेशको पनि संलग्नता रहेको बाजुरा प्रहरीले जनाएको छ।

खुकुरी र खुँडा प्रहारबाट मोहन गिरीका दुई छोरा २७ वर्षीया नौले र ३२ वर्षीय अर्जुन गिरीको मृत्यु भएको निमित्त प्रहरी नायब उपरीक्षक जगदीश भट्टले जानकारी दिए। मोहन र गोरख सहोदर दाजुभाइ हुन्।

प्रहरीका अनुसार नौलेको घटनास्थलमै र अर्जुनको उपचारका क्रममा अछामको बयालपाटामा मृत्यु भएको हो। दाइ मोहन र भाइ गोरखबीच जग्गाका विषयमा भनाभन हुँदा खुकुरी प्रहार गरिएको प्रहरीले जनाएको छ।


  •  
  •  
  •