एमाले स्थायी समितिकाे बैठक सम्पन्न, भयाे अहिले सम्मकै ठुलै निर्णय

105
  •  
  •  
  •  

काठमाडौं, २ जेठ (ओएनएस) : नेकपा एमालेको स्थायी समिति दुर्इ घण्टाकाे लामाे बैठक सम्पन्न भएको छ। बैठकमा सहभागी भएका एमाले नेता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एकता धेरै टाढा नरहेको र केही विधि प्रक्रिया मात्र पूरा गर्न बाँकी रहेको बताए।

पार्टी एकतालार्इ मुर्त रुप दिन प्रधानमन्त्री निवास बालुवाटारमा एमाले स्थायी समिति बैठक बसेको हाे।परराष्ट्रमन्त्री ज्ञवालीले भोलि बिहान १० बजे बस्ने एकता संयोजनक समिति बैठकले पार्टी एकताबारे ठोस निर्णय लिने बताए।

उनले भने,’पार्टी एकिकरणकाे लागि अधिकांस कुरा मिलिसकेका छन्, अब एकता संयोजन समितिको बैठक बसेर बाँकी रहेकाे कुरा टुंग्याउँदैएकताकाे मिति घाेषणा गर्नेछ, पार्टी एकता धेरै टाढा छैन।’

पार्टी एकताबारे आजै बिहान एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा भएको वार्तामा सहमति जुटेको
उच्च स्राेतले जनाएकाे छ।


  •  
  •  
  •