एमाले र माओवादीका छुट्टा छु्ट्टै बैठक जारी, यस्ताे हुँदैछ एकता बारे सहमति

27
  •  
  •  
  •  

काठमाडौं, २ जेठ (ओएनएस) : नेकपा एमाले र माओवादी केन्द्रका छुट्टा छु्ट्टै बैठक जारी आन्तरिक बैठक जारी रहेका छन्।

एमाले स्थायी कमिटी बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ। त्यस्तै, माओवादी केन्द्रको बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निबास खुमलटारमा बसिरहेको छ।

पार्टी एकतामा ‘ब्रेक–थ्रुु’ भएको बताइएका बेला दुवै पार्टीका अध्यक्षबीच भएको सहमतिबारे पार्टीमा छलफल गर्न दुबै दलले छुट्टा छु्ट्टै बैठक बोलाएको हो।

आजै बिहान दुई अध्यक्षबीच ‘वान टु वान’ भेटवार्ता भएको थियो। भेटवार्पछि दुवै पार्टीको अान्तरिक बैठक डकिएकाे थियो। बिहीबार बिहान १० बजे एकता संयोजन समितिको बैठक समेत बोलाइएको छ।

माओवादी केन्द्रका एक नेताले भोलि नै पार्टी एकता हुने प्रबल संभावना रहेकाे बताएका छन् भने एमालेका नेताले भोलि पार्टी एकता घोषणाको मिति तय हुने जानकारी दिए।


  •  
  •  
  •