यसकारण ११ बजे बस्ने भनिएकाे नेकपाको बैठक सर्‍याे!

80
  •  
  •  
  •  

काठमाडौं, २७ भदाै (अाेएनएस) : काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ११ बजे बस्ने भनिएकाे सचिवालय बैठक सरेकाे छ । पार्टी एकता प्रक्रियालार्इ लिएर तल्लो तहमा देखिएको विवादबारे छलफल गर्न ११ बजे बस्ने भनिएकाे सचिवालय बैठक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी अालीकाे ब्यवस्तताका कारण सारिएको हाे । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले प्रधानमन्त्री ज्युकाे ब्यवस्तताकै कारण बंठक सारिएको पुुष्टि गरे।

११ बजे बाट सारिएकाे सचिवालय बैठक भने अब आजै दिउँसो ३ बजेपछि बस्ने बताइएकाे छ।बैठकमा तल्लो तहका रिर्पोटहरुको अध्ययन गरेर छलफल हुने सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जनाकारी दिए ।

‘समसामयीक विषयमा नै छलफल हुन्छ, एकता प्रकृयामा देखिएका अप्ठ्याराहरुलाई कसरी समामधान गर्ने भन्ने नै छलफलको विषय बन्छ’ सचिवालय सदस्य श्रेष्ठले बताए ।नेकपामा पार्टी एकताको लामो समय बितिसक्दा पनि जनबर्गीय र तल्ला कमिटिहरुको एकता प्रक्रिया टुङग्याउन सकस हुदै आएको छ । आजको बैठकले एकता प्रकृयामा स्पष्ट मापदण्ड बनाउन सक्ने नेताहरुको विश्वास छ ।


  •  
  •  
  •