बाँध भत्किदाँ मृत्यु हुनेको संख्या १ सय ८२ पुग्यो

26
  •  
  •  
  •  

एजेन्सी : ब्राजिलको दक्षिणपूर्वी राज्य मिनास गेराइजमा गत जनवरी २५ मा बाँध भत्किदाँ बेपत्ता भएका व्यक्तिको थप शव फेला परेको छ ।

थप शव फेला परेसँगै ज्यान गुमाउने संख्या १ सय ५७ पुगेको छ । अझै पनि उक्त दुर्घटनामा परी १ सय ८२ व्यक्ति बेपत्ता रहेका छन्  ।

सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो विवरण सार्वजनिक गरिएको छ ।
शुरुमा करिब ३ सय व्यक्ति हराइरहेका जानकारी गराइएको थियो ।

बेपत्ता भएका व्यक्तिका शव फेला पर्दै गएपछि सो संख्या १ सय ५७ पुगेको र १ सय ८२ बेपक्ता रहेका स्थानीय अधिकारीले जनाएका छन् ।

यस घटनामा फसेका करिब १ सय ९२ व्यक्तिलाई जीवितै उद्धार गरिएको मिनास गेरेइज राज्यमा नागरिक प्रतिरक्षा विभागमा प्रवक्ता फभिओ गडइनडोले बताए । बाँध भत्किएका कारण प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा यस शहरका करिब ३९ हजार जनसंख्या प्रभावित भएका छन् ।

बाँध भत्किएको यस इलाकामा करिब चार सय उद्धारकर्ता लगातार उद्धारकार्यमा लागिपरेका बताइएको छ । उद्धार प्रयास निरन्तर भइरहेको भएता पनि घटनामा परेका व्यक्ति जीवितै उद्धार गर्ने आशा झिनो बन्दै गएको मिनासका गभर्नर रोमेउ जेमाले सञ्चारकर्मीलाई बताए ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here