बूढीगण्डकी कमिशनखोरहरुको चक्करमा परेको छ : डा.भट्टराई

18
  •  
  •  
  •  

गोरखा, २९ माघ(ओएनएस) : नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा.बाबुराम भट्टराईले बूढीगण्डकी परियोजनामा मुख्य पार्टीका तीनवटा शीर्ष नेताले कमिशन खाएको आरोप लगाएका छन् ।

नयाँ शक्ति पार्टी, नेपालद्वारा मध्यपहाडी पुष्पलाल लोकमार्गमा आयोजित जनसंवाद यात्रा २०७५ अन्तर्गत मंगलबार गोरखाको आरुघाटमा आयोजित अन्र्तक्रियामा बोल्दै उनले बूढीगण्डकी कमिशनखोरहरुको चक्करमा परेको बताए ।

उनले भने, ‘बुढीगण्डकी नेपालीले बनाउनुपर्छ, समयमै बनाउनुपर्छ । भिजन नभएका नेताहरु भ्यू टावर बनाएर बूढीगण्डकीलाई पछाडि धकेलिरहेका छन् ।’

भट्टराईले हिजो त्याग गरेका नेताहरुले राज्यलाई दुहुनो गाई बनाएको आरोप लगाए ।  उनले भने, ‘जनताको सेवा गर्छु भनेर राजनीतिमा छिर्नेहरु रातारात अभिजातवर्गमा रुपान्तरण भए । राज्यलाई योगदान गर्नेभन्दा दोहन गर्नतिर लाग्नुभयो ।’ देशमा ठूला ठूला काण्डहरु यसैकारण घटिरहेको उनको भनाइ छ ।

पार्टीका नेताहरुले गडबडी गर्दा नेता कार्यकर्ताले उनीहरुलाई निरन्तर खबरदारी गर्नुपर्नेमा उनको जोड थियो ।
जनसंवाद यात्राको महत्वमाथि बोल्दै उनले यसअघि पृथ्वीनारायण शाहले गरेको एकीकरण प्रशासनिक र फौजी एकीकरण मात्रै भएको बताए ।

माओवादी छाडेकोबारे नागरिकले उठाएको प्रश्नको जवाफ दिँदै उनले भने, ‘मैले माओवादी छाडेका होइन, माओवादीले आफ्नो काम सकिसकेपछि म त थप अगाडि बढेको हो । धोका दिएको होइन ।
भट्टराईले माओवादीलाई एमालेमा लगेर मिसाएर प्रचण्डले धोका दिएको बताए ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here