नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुवै आइजिपीसहित तीस उच्च प्रहरी अधिकृत भाेली एकैसाथ अवकाश पाउँदै, काे-काे पाउँदैछन अवकाश(नामसहित)

129
  •  
  •  
  •  

काठमाडौं, २७ चैत (अाेएनएस) : नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका दुवै आइजिपीसहित ३० उच्च प्रहरी अधिकृतहरुले भाेली बुधबार एकैसाथ अनिवार्य अवकाश पाउँदैछन्। प्रहरी नियमावलीनुसार उनीहरु उमेर हदका कारण अनिवार्य अवकाश पाउन लागेका हुन्। ३० वर्षे सेवा हदका कारण एकै दिन ठूलो संख्यामा प्रहरी अधिकृतहरु  अवकाश पाउन भएका छन्।

नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालसहित १५ जना एआइजीले अवकाश पाउँदैछन्।

अवकाश पाउने एअार्इजीहरु

जयबहादुर चन्द
देवेन्द्र सुवेदी
बमबहादुर भण्डारी
पशुपती उपाध्याध्य
विजयलाल कायस्थ
पंकज श्रेष्ठ
विजय भट्ट
कमलसिंह बम
केशरीराज घिमिरे
माधव जोशी
रणबहादुर चन्द
हेमन्त पाल
माधव नेपाल
मिङमार लामा
मधु पुडासैनीले

त्यस्तै अवकाश पाउने डिअार्इजीहरु

गणेश केसी
भोगबहादुर थापा
केदार मानसिंह भण्डारी
पुष्कल रेग्मी
रमेश भट्टराई
पुष्प रञ्जित
रोमेन्द्रसिंह देउजा
सुदीप आचार्य
गोविन्द निरौला

एसएसपी
बिष्णुहरि गौतमले

उनीहरुले २०४४ साल चैत २८ मा एकैदिन इन्सपेक्टरबाट प्रहरी सेवा सुरु गरेका थिए। एकै दिन प्रहरी सेवा सुरु गरे पनि कोही आइजिपीसम्म भए भने कोहीले एसएसपीमै अवकाश पाएका छन्।

त्यसैगरी, सशस्त्र प्रहरीका आइजिपी सिंहबहादुर श्रेष्ठ र दुई एआइजीले पनि अवकाश पाउँदैछन्। एआइजीहरु प्रेम शाही र प्रकाश ओझाले पनि बुधबारदेखि नै अनिवार्य अवकाश पाउँदैछन्।


  •  
  •  
  •