सरकारले स्वेच्छिक अवकाश प्रक्रिया अघि नबढाए देशव्यापी आन्दोलन गर्ने चेतावनी, के गर्छन अब मन्त्री लालबाबुले ?

63
  •  
  •  
  •  

काठमाडौं, २ जेठ (ओएनएस) :निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले कर्मचारीको अघिल्लो सरकारले ल्याएको स्वेच्छिक अवकाश कार्यक्रम अघि नबढाए देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ।बुधबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी संगठनले प्रेस बक्तब्य जारी गर्दै यस्तो चेतावनी दिएको हो। प्रेस वक्तब्य मार्फत युनियनले ६ वटा माग अघि सरेको छ।

पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष पुण्यप्रसाद ढकालले मूल्यवृद्धिका आधारमा कर्मचारीहरुको तलब बढाउनुपर्ने,
ट्रेड युनियनहरु प्रति पुर्वाग्राही अभिब्यक्ति तत्काल बन्द गर्नु पर्ने लगायत माग अघि सरेका छन्। त्यस्तै निजामती सेवा ऐनको दफा २७ अनुुसार भत्ता पुनरावलोकन समितिलाई सक्रिय बनाई तलब तत्काल बृद्धि गर्न समेत उनले माग गरेका हुन्।

त्यस्तै, संगठनले स्वेच्छिक अवकाश प्रक्रियालाई तत्काल अघि बढाउनु पर्ने अध्यक्ष ढकालले माग गरे। सरकारले अवकाश प्रक्रिया रोकेकोमा असन्तुष्टि जनाउँदै प्रक्रिया अघि नबढाए आन्दोलन गर्न बाध्य हुने समेत ढकालले बताए।


  •  
  •  
  •