ब्यालोन डी’ओर अवार्ड मोड्रीचलाई

19
  •  
  •  
  •  

काठमाडौं, १८ मंसिर(एजेन्सी) । विश्व फुटबलका प्रभावशाली खेलाडी क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै सन् २०१८ को ब्यालोन डी’ ओर अवार्ड क्रोएसियाका कप्तान एवं स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रीचले हात पार्न सफल भएका छन् ।

फ्रान्सको पेरिसमा सोमबार राती विशेष समारोहबीच मोड्रीचलाई विश्व सो अवार्ड प्रदान गरिएको हो ।
३३ बर्षीय मोड्रीचले पहिलो पटक यस अवार्ड जितेका हुन् ।

मोड्रीचले यसअघि अवार्डमा अधिपत्य जमाउँदै आएका क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीको एकाधिकारलाई समेत तोडेका छन् ।

विश्वकप फुटबल र च्याम्पियन्स लिग फुटबलको उपाधि र उपलब्धिको सेरोफेरोमा घुम्दै आएको ब्यालोन डी’ ओरका लागि यसपटक मोड्रीचनै हकदार थिए ।

क्रोएसियालाई रुस विश्वकपको फाइनलसम्म पुर्याउन र रियललाई च्याम्पियन्स लिग जिताउन मोड्रीचको भूमिका थियो ।

त्यसैले मोड्रीच विश्व फुटबलकै उत्कृष्ट खेलाडी बने र पहिलो पटक ब्यालोन डी’ ओर अवार्डमा नाम लेखाए । मोड्रीचले यसपटक पनि उपाधिको दावेदार रोनाल्डोलाई पछि पारेका छन् । रोनाल्डो र मेसी यस अवार्ड पाउने सर्वाधिक सफल खेलाडी हुन् ।

एजेन्सी


  •  
  •  
  •