बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

Author Archives: Yam Bam

टेक्ससमा गोली चल्यो, २६ जनाको मृत्यु

_98627304__98625928_288218c1-75e3-4b2b-a418-aff2e5e07383

काठमाडौं, २० कात्तिक (एजेन्सी)– अमेरिकी राज्य टेक्ससस्थिता एउटा बाप्टिस्ट गिर्जाघरमा गोली चल्दा २६ जनाको ज्यान गएको छ। सदरल्याण्ड स्प्रिङ्स नामक सानो नगरमा भएको उक्त घटनामा बन्दुकधारीको पनि मृत्यु भएको बीबीसीले जनाएको छ। सदरल्याण्ड स्प्रिङ्ग्सस्थित फ्रस्ट बाप्टिस्ट गिर्जाघरमा बिहानीको प्रार्थना चलिरहँदा उक्त बन्दुकधारी प्रवेश गरेको ठानिएको छ। त्यसपछि बन्दुकधारीले गोली चलाएका थिए। ज्यान गुमाउनेमा बालबालिका पनि छन् र उक्त गिर्जाघरका पास्टरकी ... Read More »

बझाङमा ४.५ रेक्टरको भूकम्प

earthquake-graphic

बझाङ, कात्तिक २० – बझाङमा सोमबार बिहान भूकम्पको धक्का महसुस भएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बिहान ८ बजेर ५४ मिनेटमा ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पको केन्द्रविन्दू बझाङको सदरमुकाम चैनपुरबाट ३० किलोमिटर उत्तर रहेको जनाइएको छ। भूकम्पले क्षति गरे नगरेको अहिलेसम्म जिल्ला प्रहरी कार्यलयमा जानकारी नआएको र सीमा प्रहरी चौकी धुलीलाई खबर गरेको प्रहरी नायब ... Read More »

जीप दुर्घटनामा एकै गाउँका चार जनाको मृत्यु

accident

सिन्धुली, २० कात्तिक – सिन्धुलीको फिक्कल गाउँपालिका–४ तर्केनीवशीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। सिन्धुलीको खुर्कोटबाट खाङसाङका लागि छुटेको बा ७ च ३६९५ नम्बरको बोलेरो जीप आइतबार राति दुर्घटना हुँदा चार जनाको ज्यान गएको हो। दुर्घटनामा तर्केनीवशीका अमरबहादुर दर्लामी, रामप्रसाद बराल, दिलबहादुर र नरबहादुर बलमपाखीको मृत्यु भएको प्रहरी उपरीक्षक टिकाबहादुर केसीले जानकारी दिए। दुर्घटनामा धनबहादुर मगर घाइते भएका ... Read More »

वडा अध्यक्षको गैरजिम्मेवारपनले जलविद्युत आयोजना बन्द

light-bulb

बाजुरा, कात्तिक १९– वडा अध्यक्षको लापरवाहीले बाजुराको बुढीनन्दा नगरपालिका–८ पाण्डुसैनमा रहेको नारीघाट लघु जलविद्युत आयोजना बन्द भएको छ। करिब एक हजार घर उपभोक्ता रहेको जलविद्युतको प्यानसिटमा क्षति पुग्दा आयोजना बन्द भएको हो। डोजर नलिन आग्रह गरिएकोमा वडा अध्यक्ष टेकबहादुर रोकायाले नहरमा डोजर लगेपछि प्यानसिटमा क्षति पुगेको स्थानीय दाबा गुरुङ भोटेले जानकारी दिए। डोजर कोल्टी जाने क्रममा रहेको छ। तर, स्थानीयले ... Read More »

विप्लवका केन्द्रीय सल्लाहकार माओवादी केन्द्र

biplab

महोत्तरी, १९ कात्तिक : विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सल्लाहकार संयोजकसहित नेता, कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन्। नेकपाका केन्द्रीय सल्लाहकार संयोजक बलबहादुर बलम्पाकीसहित २ सय नेता कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन्। उनीहरुलाई वाम गठबन्धन तर्फबाट महोत्तरी क्षेत्र नम्बर १ का प्रत्यक्षतर्फका उम्मेदवार एवं बिना विभागीय मन्त्री गिरीराजमणि पोखरेलले पार्टी प्रवेश गराए। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चुनाव ... Read More »

लक्ष्मण हत्याका तीन आरोपी जेल चलान

arest

झापा, १९ कात्तिक :  झापा, अर्जुनधारा–११ का ११ वर्षीय बालक लक्ष्मण शिवाकोटीको मृत्यु प्रकरणमा पक्राउ गरेका तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ। पीडित परिवारका तर्फबाट परेको उजुरीको आधारमा पक्राउ गरिएका सन्तोष पोखरेल, सुधिर पोखरेल र समीर पोखरेललाई झापा जिल्ला अदालतले शुक्रबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ... Read More »

हात्तीको बथानले दुई घर भत्कायो

Narayani River Bank Chitwan Elephant

कञ्चनपुर, १९ कात्तिक : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुर बागवजारमा जंगली हात्तीले आतंक मच्चाउन थालेपछि स्थानीय चिन्तित बनेका छन्। जंगली हात्तीको बथानले यहाँका कृषकको अन्नबाली नष्ट गर्दै आएकोमा शनिबार राति दुई घर भत्काइदिएको छ। हात्तीको बथानले स्थानीय दीपक हुम्ली र वीरबहादुर चौधरीको घर भत्काएको हो। घरभित्र राखेको अन्न खानुका साथै लगाउने, ओढ्ने विछ्याउने कपडा सबै हात्तीको बथानले च्यातचुत पारेर नोक्सान पुर्याएको ... Read More »

मानसिक रोगीहरूको सारथी बन्दै स्नेही काख

nepal-snehi-kaakha

काठमाडौं, १९ कात्तिक (अाेएनएस) :  कयौं मानसिक रोगी उपचार नपाएर सडकपेटीमा भौतारी रहेका हुन्छन्। झर्किने, बर्बराउने, भाग्ने, लखेट्ने गरिरहेका मानसिक रोगीलाई केवल खाँचो रहन्छ, उपचारको। तर, मानसिक रोगको उपचार महंगो हुने भएकाले पनि कतियका आफ्न्तहरू उपचार गराउन छोडेर त्यसै छोडिदिन्छन्। जसकारण मानसिक रोगीको पीडामा मल्हम होइन झन घाउ बल्झन्छ। कयौं मानसिक रोगीहरू सडकका गल्लीमा भौतारिरहेका हुन्छन्। यी र यस्तै मानसिक ... Read More »

प्रमुख तीन दलबाट १८ महिला उम्मेदवार

Ishwori Neupane

काठमाडौं, १७ कात्तिक (ओएनएस) : मंसिर २१ गते तय भएको दोस्रो चरणको निर्वाचनमा प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रले १८ महिला उम्मेदवार बनाएका छन्। मंसिर १० गतेको निर्वाचनमा प्रत्यक्षतर्फ तीन महिला उम्मेदवार बनाएका ति दलले दोस्रो चरणको निर्वाचनमा केही बढी महिला उम्मेदवारलाई चुनावी मैदानमा उतारेका हुन्। दोस्रो चरणमा एक सय २८ क्षेत्रमा चुनाव हुन लागेकोमा कांग्रेसबाट सात, एमालेबाट ... Read More »

‘निर्वाचन सुरक्षाका चुनौतीलाई सामना गर्न नेपाली सेना तयार’

Nepal-Army

काठमाडौं, १७ कात्तिक  (ओएनएस) :  रक्षामन्त्री भिमसेन दास प्रधानले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सुरक्षित र भयरहित वातावरणमा तोकिएको समयमै सम्पन्न गर्न नेपाली सेना कटिबद्ध रहने विश्वास व्यक्त गरेका छन्। विगतको अनुभव र पेशागत दक्षताका आधारमा निर्वाचन सुरक्षाको जिम्मेवारी निर्वाह गर्न नेपाली सेना सफल रहनेमा पूर्णरुपमा विश्वस्त रहेको उल्लेख गर्दै रक्षामन्त्री प्रधानले जङ्गी अड्डाको निर्देशन ... Read More »

'
Scroll To Top