बुधवार, मार्ग १२, २०७३ | Wednesday, January 25, 2017
न्युज अपडेट

Author Archives: onsnews.com

लेखा समितिको निर्देशनः ‘पूँजीगत लाभकर चुक्ता नभएसम्म एनसेललाई ‘फोरजी’ को अनुमति नदिनु’

ncell

काठमाडौं, ११ माघ (ओएनएस) : व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले एनसेलको सेयर खरिदबिक्री प्रकरणमा भएको लाभमा लाग्ने पूँजीगत लाभकर चुक्ता नभएसम्म ‘फोरजी’ को अनुमति नदिन सरकारलाई निर्देशन दिएको छ ।  समितिको मंगलबारको बैठकले सेयर खरिदबिक्रीको क्रममा एनसेलले १५ प्रतिशत र एनसेलको ९० प्रतिशत सेयर लिएको टेलिया सोनेराबाट १० प्रतिशत कर चुक्ता नगरेको भन्दै फोरजीसहित कुनै पनि सुविधा थप्न अनुमति नदिन ... Read More »

सरकारी वकिलकाे अान्दाेलन फिर्ता, भाेलिदेखि बहसमा भाग लिने

judge-hammer-150x150 (1)

काठमाडौं, ११ माघ (ओएनएस) : उच्च अदालतमा न्यायाधशीशको नियुक्ति समानुपातिक नभएको भन्दै आन्दोलनमा उत्रिएका सरकारी वकिलको आन्दोलन स्थगित भएको छ । मंगलबार संसदीय व्यवस्था तथा कानुन मन्त्रालयमा भएको छलफल पछि आन्दोलन फिर्ता लिन सरकारी वकिल सहमत भएका हुन् । कानुनमन्त्री, महान्याधिवक्ता र अभिवक्ताहरुबिच भएको छलफलपछि आन्दोलन स्थगित गर्ने सहमति भएको कानुनमन्त्री नायकका प्रेस संयोजक बुद्ध लोप्चनले जानकारी दिए । सहमति अनुसार ... Read More »

९० दिनलाई पुग्ने पेट्रोलियम पदार्थ भण्डारण गर्न प्रधानमन्त्रीको निर्देशन

prachand meeting

काठमाडौं, ११ माघ (ओएनएस) : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ९० दिनलाई पुग्ने पेट्रोलियम पदार्थ भण्डारणको व्यवस्था मिलाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री प्रचण्डले मंगलबार आपूर्ति र अर्थ मन्त्रालयसहित आयल निगमका पदाधिकारीलाई ९० दिनलाई पुग्ने गरी पेट्रोल, ग्याससहितका पेट्रोलियम पदार्थ भण्डारणको व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । पेट्रोलियम भण्डारणस्थल निर्माणका लागि आवश्यक वजेटको व्यवस्था गरिने पनि उनले जानकारी गराए । ... Read More »

रोजगारीका लागि भारत जान अनुमति अनिवार्य

prachand

काठमाडौं, ११ माघ (ओएनएस) : सरकारले भारतलाई पनि वैदेशिक रोजगारीको परिभाषाभित्र समेटेको छ । यसअघि तेस्रो मुलुकलाई मात्र वैदेशिक रोजगारीमा समेटिएकोमा मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पत्रकार सम्मेलनको आयोजना गरी भारत जान पनि अनुमति लिनु पर्ने व्यवस्था गरिएको जानकारी गराएका हुन् । भारत काम गर्न जाने नागरिकले सम्बन्धित जिल्ला प्रशासन कार्यालय वा सीमा जिल्लाको जिल्ला प्रशासन कार्यालयबाट काम गर्न जाने ... Read More »

सामूहिक बलात्कारको भिडियो फेसबुकमा लाइभ भएपछि…

facebook

काठमाडौं, ११ माघ (एजेन्सी) : सामूहिक बलात्कारका घटना भएको सार्वजनिक भइरहेको हुन्छ । तर, स्वीडेनमा भने एउटा यस्तो घटना बाहिर आएको छ जुन सुनेर तपाइ आश्चर्यचकित पर्न सक्नुहुन्छ । स्वीडेनमा ३ युवाले २० बर्षीया युवतीलाई सामूहिक बलात्कार गरेका छन् । त्यति मात्रै होइन ती युवाहरुले बलात्कार गरिरहेको भिडियो फेसबुक पेजमा लाइभ समेत गरे । आइतबार बिहान एक महिलाले प्रहरीलाई फोन ... Read More »

डब्ल्यूएफपीद्वारा भुटानी शरणार्थी शिविरमा खाद्यान्न कटौती

WFP World Food Program

झापा, ११ माघ (ओएनएस) : झापाको र मोरङमा बस्दै आएका भुटानी शरणार्थीमा भोकमरी हुन सक्ने संकेत देखिएको छ । विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) अन्तर्गत प्राप्त हुँदै आएको राशन (खाद्यान्न) कटौती गरिएपछि भूटानी शरणार्थीमा भोकमरीकोे समस्या आउने संकेत देखिएको हो । सोमबारदेखि राशन कटौती गरिएपछि झापाको दमक र मोरङको पथरी शनिश्चरेमा बस्दै आएका ११ हजार बढी शरणाथी समस्यामा परेका छन् । शरणार्थीले यसअघि ... Read More »

ट्रमविरुद्ध महिलाकाे प्रदर्शन

24brooksWeb-master768

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रमविरुद्ध ह्वाइट हाउस नजिकै प्रदर्शन गर्दै महिलाहरू । तस्बिर : एजेन्सी Read More »

संविधान कार्यान्वयनका लागि चुनावको विकल्प छैन : देउवा

deuba at nepaljung

नेपालगञ्ज, ११ माघ (ओएनएस) : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि चुनावमा जानुको विकल्प नरहेको बताएका छन् । का‌ंग्रेसका संस्थापक स्व. गणेशमान सिंहको शालिक अनावरण कार्यक्रमलाई मंगलबार नेपालगञ्जमा सम्बोधन गर्दै सभापति देउवाले सरकारले चुनावका लागि दलहरुबीच सहमति आवश्यक रहेको बताए । चुनाव भएपछि मात्र संविधान कार्यान्वयन हुने उल्लेख गर्दै देउवाले चुनाव नभए प्राप्त सबै उपलब्धी गुम्ने खतरा रहेको औंल्याए । ... Read More »

सरकारी वकिलले निहीत स्वार्थका लागि बेञ्च बहिष्कार गरे : मन्त्री नायक

ajay shankar nayak

काठमाडौं, ११ माघ (ओएनएस) : कानुन, न्याय, तथा संसदीय मामिला मन्त्री अजय शंकर नायकले समानुपातिकको नाम लिएर सरकारी वकिलले निहीत स्वार्थका लागि बेञ्च बहिष्कार गरेको बताएका छन् । रफत सञ्चार क्लबले मंगलबार भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री नायकले राष्ट्रको जिम्मेवार निकायमा रहेका सरकारी वकिलले नै समानुपातिकको नाम देखाएर आफ्नो निहीत स्वार्थका लागि बेञ्च बहिष्कार गर्नु कानुन विपरित रहेको बताएका ... Read More »

ओबामालाई ट्रम्पको पहिलो झड्काः टीपीपी सम्झौताबाट बाहिरिने निर्णय

GETTY IMAGES

काठमाडौं, ११ माघ (एजेन्सी) : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा जनाएको प्रतिबद्धता स्वरुप एउटा व्यापार सम्झौता ट्रान्स–प्यसिफिक पार्टनरशिप (टीपीपी) बाट बाहिरिने कार्यकारी निर्णयमा हस्ताक्षर गरेका छन् । सम्झौतासँगै ट्रम्पले प्रशान्त महासागरले छोएका देशसँगको खुल्ला व्यापार सम्झौताबाट बाहिरिने निर्णय गरेको बीबीसीले जनाएको छ । १२ राष्ट्र सम्मिलित सो व्यापार सम्झौता पूर्वराष्ट्रपति बाराक ओबामाको सर्वाधिक महत्वपूर्ण एशिया नीति थियो। ... Read More »

'
Scroll To Top