अष्ट्रेलियामा यी नेपाली युवाकाे यस्ताे कर्तुतकाे पर्दाफास भएपछि परे प्रहरीकाे फन्दामा

1101
  •  
  •  
  •  

काठमाडौं, २२ भदाैँ (एजेन्सी) : अष्ट्रेलियामा एक नेपाली युवाले ८२ वर्षे वृद्धमाथि कुटपिट गरेपछि प्रहरीकाे फन्दाामा परेका छन्। अष्ट्रेलियाको सिड्नीस्थित एक वृद्धाश्रममा बस्दै आएका वृद्धमाथि कुटपिट र अमानवीय व्यवहार गरेको अाराेपमा नेपाली युवा ३५ वर्षे प्रकाश पौडेलले प्रहरीकाे फन्दामा परेका हुन्।

पौडेलले बुपा एज्ड केयर सिफोर्ड वृद्धाश्रममा बस्ने ८२ वर्षे वृद्धालाई जुत्तैजुत्ताले हानेर उनको टिसर्ट जबर्जस्ती तानेको प्रमाणसहित भिडियो सार्वजनिक भएपछी प्रहरीले उनलार्इ पक्राउ गरेकाे हाे। पुलिसले उक्त दुर्व्यवहारको भिडियो प्रमाणकाे रुपमा राख्दै पाैडेललार्इ नियन्त्रणमा लिएकाे अन्तराष्‍ट्रिय संचारमाध्यमहरुले जनाएका छन्। साथै प्रहरीले उक्त भिडियाे पब्लिक रुपमा नै सार्वजनिक गरेको छ ।

ती वृद्धले परिवारका सदस्यलाई आफूमाथि दुर्व्यवहार भइरहेको जानकारी दिएपछि उनको कोठामा सिसिटिभी जडान गरिएको थियो ।

आइडा सिलिन, पीडितकी छोरी बुवामाथिको दुर्व्यवहारको घटनाले आफूलाई विक्षिप्त बनाएको बताउँछिन् । ‘बुवाको शरिरमा निलडाम देखेपछि मैले सिसिटिभी क्यामरा राखेकी हुँ,’ अन्तराष्ट्रिय संचारमाध्यमहरुलार्इ उनले भनिन् ।

वृद्धको कोठामा क्यामरा जडान गर्नु अवैधानिक भएपनि उनीमाथि भइरहेको दुर्व्यवहारबारे पत्ता लगाउन यही एउटा माध्यम भएको प्रहरीले बताएको छ ।

दुर्व्यवहार गर्ने पौडेलमाथि दुइवटा मुद्दा चलाइएको छ । एउटा घरेलु हिंसा र अर्को आपत्तिजनक हतियारको प्रयोग ।

भिडियो सार्वजनिक भएपछि पौडेललाई बुपा वृद्धाश्रमबाट निकालिएको छ । प्रहरीका अनुसार अगस्ट २६ देखि २९ तारिखका बीच पौडेल पटकपटक ती वृद्धको कोठामा प्रवेश गरेका छन् ।

उनलाई सशर्त जमानत दिइएको छ र सेप्टेम्बर ११ तारिखमा म्यान्ली लोकल कोर्टमा उपस्थित हुनुपर्नेछ ।

नदर्न बिचेज पुलिस एरिया कमान्डका डिटेक्टिभ इन्स्पेक्टर गाय म्यागिले वृद्धलाई दुर्व्यवहार गर्नु कायरता र लज्जास्पद बताएका छन् ।

‘न्यू साउथ वेल्समा वृद्धवृद्धामाथिको दुर्व्यवहारका कमै रिपोर्ट दर्ता हुन्छन्,’ उनले भने ।

‘हाम्रो अनुसन्धानले ५० हजार वृद्धवृद्धाले आफ्नो जीवन कालमा हिंसाको सामना गर्ने गरेको बताउँछ । पीडित स्वयं वा उनीहरुलाई परिवारले यस्तो घटना सार्वजनिक गर्न आग्रह गर्छौं ।’

पौडेलको दुर्व्यवहारको भिडियो नेपालको सोसल मिडियामा पनि सार्वजनिक भएको छ । उक्त भिडियो थुप्रैले सेयर गर्दै उनलाई निकै गाली गरेका छन् ।

भिडियाे हेर्न यहाँ क्लिक गर्नु हाेस्।

Nursing home employee charged over sickening assault

A nursing home employee has been charged over a sickening assault on a defenceless old man.www.7plus.com.au/news #7News

Posted by 7 News Brisbane on Thursday, September 6, 2018

Nursing home employee charged over sickening assault

A nursing home employee has been charged over a sickening assault on a defenceless old man.www.7plus.com.au/news #7News

Posted by 7 News Brisbane on Thursday, September 6, 2018


  •  
  •  
  •