अष्ट्रियाकी विदेश मामिला मन्त्री काठमाडौंमा

620
  •  
  •  
  •  

काठमाडौं, ९ फागुन(ओएनएस) : अष्ट्रियाकी विदेश मामिला मन्त्री करिन केनिसिल आज काठमाडौं आएकी छिन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा विदेशमन्त्री करिनसहितको १३ सदस्यीय प्रतिनिधिमण्डल नेपाल आएको हो ।
नेपाल बसाइमा विदेशमन्त्री करिन नेतृत्वको प्रतिनिधिमण्डल र नेपालका परराष्ट्र मन्त्रीसहितको टोलीले द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ ।

यसका साथै विदेश मन्त्री करिनले परराष्ट्र मामिला अध्ययन केन्द्रले काठमाडौंमा आयोजना गरेको ‘नेपाल–अष्ट्रिया सहकार्यको ६० वर्ष कार्यक्रम’लाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

विदेशमन्त्री करिनसँग आएको १३ सदस्यीय प्रतिनिधिमण्डलमा ४ पत्रकारहरु पनि सामेल छन् । विदेश मन्त्री करिनले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि रहेको छ । विदेश मन्त्री करिनको टोली फागुन ११ गते स्वदेश फर्किनेछन् ।


  •  
  •  
  •