एशिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोली स्वदेश फिर्ता

38
  •  
  •  
  •  

काठमाडौं, २२ भदाैँ (अाेएनएस) : एशिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोली स्वदेश फिर्ता भएकाे छ। मलेसियामा सम्पन्न उक्त छनोट प्रतियोगितामा साहभगि भइ राम्राे प्रदर्शन गर्न नसक्दा खेलेर शुक्रबार नेपाली क्रिकेट टोली स्वदेश भएकाे हाे।

एशिया कपमा छनोट हुने लक्ष्यसहित मलेसिया पुगेको नेपाली टोली चौथो स्थानमा सिमित भएपछि स्वदेश फिर्ता हुनु परेकाे हाे। नेपालले दुई खेलमा जित तथा तीन खेलमा हार बेहोरेको थियो ।

नेपालले आयोजक मलेसिया र सिङ्गापुरलाई पराजित गरेको थियो भने ओमान, संयुक्त अरब इमिरेट्स (युएइ) र हङ्कङसँग पराजित भएको थियो । छनोट प्रतियोतमा यही भदौ १३ देखि २१ गतेसम्म सञ्चालन भएको थियो ।

उक्त प्रतियोगितामा ६ राष्ट्र सहभागी थिए । हङ्कङ एशिया कपका लागि छनोट भएको छ । फाइनल खेलमा हङ्कङ युएइलाई दुई विकेटले पराजित गर्दै एशिया कपका लागि छानिएको हो । एशिया कप यही भदौ २८ देखि असोज १२ गतेसम्म युएइमा हुँदैछ । एशिया कपमा भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान जस्ता टेष्ट राष्ट्रको सहभागिता रहनेछ ।


  •  
  •  
  •