लिम्बुवानका तीन कार्यकर्ता लागुऔषध र हतियारसहित पक्राउ

13
  •  
  •  
  •  

काठमाडौं, २५ असाेज (ओएनएस) : लिम्बुवानका एक महिलासहित तीन कार्यकर्ता पक्राउ परेका छन्। पक्राउ पर्नेमा मेचीनगर–६ का वर्ष ३८ का विशाल लिम्बु, वर्ष ३२ का अनुप उराउ र वर्ष ३२ की नम्रता राई रहेका छन्। उनीहरु लागुऔषध र हतियारसहित पक्राउ परेका हुन्।

लिम्बु र उराव चढेको WB74Z7001 न.को बोलेरो गाडी चेकजाँच गर्दा उक्त गाडी भित्र 100 ML को ESKUF लेखिएको लागु औषध २ बोतल र नाईट्रोशन लेखिएको लागु औषध १२ चक्की फेला पारेको प्रहरीले जनाएको छ। नम्रता राईलाई भने प्रहरीले घरैबाट नियन्त्रणमा लिएको हो।

प्रहरीले बिशाल लिम्बुको घरमा खानतलासी गर्दा लागु औषध चरेश १ किलो ५०० ग्राम, 100 ML को ESKUF लेखिएको खाली वोतल थान २, बिष्फोटक पदार्थ डिटोनेटर लोला थान ९, बिष्फोटक पदार्थ पड्काउने फ्युज केप तार सहित थान ४०, नक्कली पिस्तोल थान १, सानो पिस्तोलमा फिट हुने फलामको म्यागजिन सक्कली थान १, बारुद ४४० ग्राम, मोवाईल सेट थान २, करलेश फोन थान १, नक्कली सुन जस्तो देखिनने औठी थान १, नक्कली सुनको जस्तो देखिने घडीको चेन थान १, आर्मी कलरको कम्व्याड झोला थान २, संघीय लिम्बान राज्य परिषद लेखिएको सम्मान पत्र थान १, प्रशिक्षण कदर पत्र, सोही परिषदको आर्थिक सहयोग सम्बन्धमा लेखिएको पत्र, विभिन्न प्रकारका स्टाम्प छाप, पंचिङ मेसिन समेतका सामानहरू सहितको सुर्केस थान २ फेला परेको जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ।उनीहरुलाई लागु औषध सम्बन्धी मुद्दा दर्ता गरी अदालतबाट म्याद थप भएको छ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here