विद्यार्थीलार्इ कुट्ने शिक्षक प्रहरीकाे नियन्त्रणमा

178
  •  
  •  
  •  

काठमाडौं, ४ जेठ (ओएनएस) : डडेल्धुरामा विद्यार्थीलार्इ रक्ताम्मे हुने गरि कुट्दा एक शिक्षक प्रहरीकाे फन्दामा परेका छन्।

परशुराम नगरपालिका–२ मा रहेको भागेश्वर माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्यनरत विद्यार्थी १२ वर्षीय राम कामी गणित पढाउने शिक्षककाे कुटाइबाट रक्ताम्मे भएका हुन्।

विद्यालयमा अाउँदा कामीले गृहकार्य नगरेर अाउँदा शिक्षक गजेन्द्र अवस्थीले टाउँकाेमा हान्दा टाउँकाे फुटेर ती विद्यार्थी रक्ताम्मे भएका थिए ।

इलाका प्रहरी कार्यालय, जोगबुढाका प्रहरी निरीक्षक(सर्इ) शैलेन्द्र भट्टले गृहकार्य नगरेको भन्दै शिक्षक अवस्थीले विद्यार्थीको टाउकोमा स्केलले पिट्दा गम्भीर चोट लागेको जानकारी दिए । सर्इ भट्टका अनुसार शिक्षक अवस्थी अहिले प्रहरी नियन्त्रणमा रहेका छन्।


  •  
  •  
  •