नेपाली युवतीलाई भारत लैजाने गिरोह प्रहरीको फन्दामा

135
  •  
  •  
  •  

काठमाडौं, १२ फागुन (ओएनएस): नेपाली युवतीलाई भारत लैजाने एक गिरोह प्रहरीको फन्दामा परेका छन्। नेपाली युवतीलाई भारततर्फ पुर्याउने कार्यमा संलग्न एक भारतीयसहित तीन जनाको गिरहोलाई साना हात नामक गैरसरकारी संस्थाको सहयोगमा झापा प्रहरीले नियन्त्रणमा लिएको छ।

गिरहोमा संलग्न रहेका भारतको विहार राज्यस्थित किशनगञ्ज जिल्ला धनतोला ग्राम पञ्चायत निवासी २५ बर्षीय मख्तार आलम, झपा हल्दिवारी गाँउपालिका ३ का खड्गबहादुर विष्ट र सोही गाउँपालिका २ का मंगलु राजवंशीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। गिरहोलाई प्रहरीले नियन्त्रणमा लिएपनि गिरहोका मुख्य नाइके भने फरार छन्। गिरहोका मुख्य नाइकेको खोजीकार्य प्रहरीले तिब्र बनाएको छ ।

खुला सीमानाका कारण दिनहुँ नेपाली महिला तथा युवतीलाई भारत लैजाने गिरोह सक्रिय रहेको प्रहरीले बताएको छ। आर्थिक प्रलोभनमा पारी विदेश पठाउने आश्वसन देखाउँदै उनीहरुलाई भारत लैजाने गरेको गिरहोको पक्राउपछि तथ्यको खुलासा भएको हो।

गिरहोमा पक्राउ परेकाहरुले प्रहरी समक्ष बयान दिने क्रममा सीमावर्ती नाकाबाट भारतको सिलगुढीहुँदै दिल्ली पठाउनको लागि लैजान लागेको बताएपछि तथ्य बाहिर आएको हो।
सीमावर्ती नाकामा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी र मानव बेचविखन क्षेत्रमा काम गर्ने संस्थाको सहयोगमा दुई दिनको अवधिमा पाँच महिलालाई उद्धार गरेपछि खुला सीमानाका कारण नेपाली युवतीलाई भारत लैजाने गिरोह सक्रिय रहेको पुष्टि भएको हो ।

इलाम माई नगरपालिका ७ की २२ बर्षीय रणमाया दमाई (भित्रीकोटी) र सिन्दुली घर भई हाल मकवानपुर जिल्ला वकाया २ की २२ बर्षीय सविना गोलेलाई प्रहरीले शुक्रबार उद्दार गरेको छ।

त्यस्तै इलाम फिक्कल नगरपालिका ५ का ३५ बर्षीय कमला राई, सोही ठाँउ निवासी १८ बर्षीय निछा राई र झापा मेचीनगर नगरपालिका साविक बाहुण्डाँगी ६ निवासी ३२ बर्षीय सृजना राईलाई प्रहरीले विहीबार उद्धार गरेको हो।
उनीहरुलाई नेपाल—भारतको दशगजा सीमा क्षेत्रबाट गरिएको थियो ।

आर्थिक प्रलोभन देखाएर भारतको दिल्ली लैजादै गरेको अनुसन्धानवाट खुलेको प्रहरीको भनाइ छ ।


  •  
  •  
  •