पेस्ताेलसहित भारतीय युवा पक्राउ

49
  •  
  •  
  •  

काठमाडौं, ४ जेठ (ओएनएस) : प्रहरीले पेस्ताेलसहित एक भारतीय युवा पक्राउ गरेकाे छ। प्रहरीले सेमी अटोमेटिक हृयान्डमेड उक्त पेस्तोलसहित भारतको मोतिहारी पोडिहार ग्राम १९ रक्सौल बस्ने २३ वर्षीय अविरञ्जन साहलार्इ पक्राउ गरेकाे हाे।

भारतीय नागरिक साहलार्इ वीरगञ्ज १६ स्थित भन्सार रोडबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन लिम्बुले बताए ।

डीएसपी राजन लिम्बुका अनुसार भारतीय नागरिक साहलार्इ प्रहरीले पक्राउ गरी खानतलासी गर्दा उक्त पेस्ताेलमा लाग्ने म्यागेजिन एक थान, ९ एमएम गोली एक थान र ७.६५ एमएमको मिस राउन्ड गोली एक थान समेत बरामद भएको हाे।


  •  
  •  
  •