काभ्रेका अर्का गुन्डा फेरि पक्राउ परे

56
  •  
  •  
  •  

काठमाडौँ, ३१ जेठ (ओएनएस) : गुन्डागर्दीमा संलग्न रहेका काभ्रेका एक गुन्डासहित एक जना ठमेलबाट पक्रउ परेका छन्। ठमेल क्षेत्रलाई आधार बनाएर गुन्डागर्दी गर्दै आइरहेको अवस्थामा उनीहरु पेस्तोलसहित पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा देवकुमार थापा र उनका सहयोगी धादिङका कमल गुरुङ रहेका छन्। बुधबार राती ठमेलको ज्याठा गल्लीबाट रिभल्वर र एउटा खुकुुरीसहित पक्राउ गरिएको काठमाडौं परिसरका डिएसपी मोहन कुमार थापाले बताए।

उनीहरुले बोेकेको झोलामा प्रहरीले हतियार बरामद गरेको हो। उनीहरुले पेस्तोल देखाएर धम्काउने र पैसा असुल्ने गरेको प्रहरी आरोप छ। उनी राधे भण्डारी समूहमा आबद्ध भएको प्रहरी अधिकारीहरुकाे भनार्इ छ। महानगरीय प्रहरी परिसर काठमाडौंद्धारा खटिएको प्रहरी टोलीले उनीहरुलार्इ पक्राउ गरेको हो।


  •  
  •  
  •