उखु किसानको कराेडाैँ बक्यौता नतिर्ने सुगर मिल्सका संचालक पक्राउ

537
  •  
  •  
  •  

काठमाडाैं, १४ कात्तिक (अाेएनएस) : उखु किसानको कराेडाैँ बक्यौता नतिर्ने सुगर मिल्सका एक संचालक पक्राउ परेका छन्। नवलपरासी र सर्लाहीका उखुको किसानको ४६ करोडभन्दा बढी बक्यौता नतिरेकेा अाराेपमा संचालक राकेश अग्रवाल पक्राउ परेका हुन् ।
पीडितहरुले गृहमन्त्रालयमा व्यापारी अग्रवालविरुद्ध कारबाहीको माग गर्दै उजुरी दिएपछि काठमाडौं परिसरले उनलाई पक्राउ गरेको बताइएकाे छ।

काठमाडौं प्रहरी परिसरको टोलीले बुधबार दिउँसो त्रिपुरेश्वरस्थित निवासबाट उनलाई पक्राउ गरेको हो । परिसरका एक अधिकारीका अनुसार पक्राउ परेका अग्रवाललाई सम्बन्धित जिल्लामा पठाएर मुद्दा चलाइनकाे लागि कारवाही प्रक्रिया अागाडी बढाइएकाे छ ।

गृह स्राेतका अनुसार अग्रवालविरुद्ध दुर्इ वटा छुट्टा छुट्टै जिल्लाबाट उजुरी परेकाे हाे। अग्रवालद्धारा
सञ्चालित सर्लाहीको अन्नपूर्ण सुगर मिल्स प्रा.लि.ले उखु किसानको ३८ लाख ६८ हजार र नवलपरासीकाे इन्दिरा सुगर एण्ड एग्रो प्रा.लि.ले ८ करोड ५८ लाख रुपैयाँ बक्यौता नतिरेको
उजुरी परेको गृहमन्त्रालयले जनाएकाे छ ।

अग्रवाललाई पक्राउ गरी बक्यौता तिराउन किसानले किटानी जाहेरी दिएका छन् । दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीले पटक पटक ताकेता गर्दा पनि अग्रवाल सम्पर्कमा आएका थिएनन् ।

उनीमाथि ठगी र सार्वजनिक अपराध कसुर अन्तरगत मुद्दा चलाउने प्रहरीको तयारी छ ।


  •  
  •  
  •