गाँजा बिक्रिवितरण गर्ने ३९ जना पक्राउ

34
  •  
  •  
  •  

काठमाडौ फागुन(ओएनएस): शिवरात्रीको प्रसाद भन्दै गाँजा बिक्रिवितरण र सेवन गर्ने ३९ जनालाई महानगरीय प्रहरी परिसरले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दुई जना बाबाहरु समेत रहेको परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले ओएनएसलाई बताए । प्रहरीले यस अघि नै शिवरात्रीका दिनमा समेत गाँजा विक्रि वितरण गर्न रोक लगाएको थियो । पक्राउ परेकाहरुलाई प्रहरी वृत, गौशालामा राखिएको छ । प्रहरीले तीर्थालुहरुको अत्यधिक भीड हुने पशुपति क्षेत्रको सुरक्षा व्यवस्था समेत कडा बनाएको छ ।

भीडमा हुन सक्ने सम्भावित घटनाहरुलाई मध्यनजर गर्दै ४ हजार ५ सय प्रहरी परिचालन गरिएको छ । जसमध्ये १ सय ५० बढी सादा पोशाकका महिला प्रहरी समेत खटाइएको महानगरीय प्रहरी परिसरले जनाएको छ ।


  •  
  •  
  •